यसरी अनलाइमा हुन्छ स्मार्टफोन बिक्री ‘आउट अफ स्टक’, ग्राहकसँग फ्रड

Technology Khabar २ बैशाख २०७६, सोमबार

यसरी अनलाइमा हुन्छ स्मार्टफोन बिक्री ‘आउट अफ स्टक’, ग्राहकसँग फ्रड

काठमाडौं ।

काठमाडौं । पछिल्ला दिनहरुमा ई-कमर्श कम्पनीहरुले कयौं ब्राण्डका हजारौं स्मार्टफोन बेचेको सुन्ने गरिन्छ । यी तथ्यांकहरु कुनैपनि कम्पनीहरुका हुने गर्दछ वा कहिलेकाँही समग्रमा हुने गर्दछ । ई-कमर्श कम्पनीहरुको आम्दानीको अधिक हिस्सा स्मार्टफोनको बिक्रीबाट आउने गर्दछ । तर यसमा फ्रड भईरहेको रिपोर्ट बाहिर आएको छ ।

भारतमा विशेषगरि फ्लिपकार्ट र अमेजन इण्डियामा स्मार्टफोन बिक्रीको विभिन्न अफरहरु समेत आउने गर्दछन तर ती कम्पनीहरुले उपोक्ताहरुलाई झुक्याएको रिपोर्ट आएको हो । भारतमा रहेको रिसर्च एनालिटिक कम्पनी टेकआर्ककाअनुसार यो विशेषगरि भारतीय बजारमा भईरहेको एक प्रकारको फ्रड हो जुन स्मार्टफोन उद्योगमा रहेको छ ।

एक रिपोर्टअनुसार भारतमा ३८ प्रतिशत भन्दा बढि स्मार्टफोन अनलाइनमार्फत बिक्री गर्ने गरिन्छ । तर सो रिसर्च फर्मको तथ्यांकअनुसार भने यो सबै गलत हो । रिपोर्टअनुसार फ्लिपकार्ट र अमेजन इण्डियाजस्ता ईकमर्शको कमजोरीको फाइदा उठाउँदै रिसेलर्सले एकैपटक कयौं स्मार्टफोन किन्ने गर्दछन् ।

रिसर्च फर्मकाअनुसार जब कुनै स्मार्टफोनको फ्ल्याश सेल वा एक्सक्लूसिभ लन्च ईकमर्श वेबसाइटमा हुन्छ त्यसबेला अफलाइन रिसेलर्सले फरक फरक एकाउन्ट बनाएर एकैपटक धेरै स्मार्टफोन किन्छन् ।

यसरी अनलाइनबाट किनेको स्मार्टफोन फेरी अफलाइनमा बिक्री गर्दछन र यसको मूल्य अधिक तोकिन्छ ।

उता अनलाइन स्टोरमा भने स्मार्टफोनको बिक्री आउट अफ स्टक हुन्छ र त्यहि जानकारी पाएपछि ग्राहकहरुले बाध्य भएर अफलाइनबाट किन्ने गर्दछन् । यसो गर्दा अफलाइनमा सोहि स्मार्टफोन किन्नको लागि अधिक मूल्य तिर्नुपर्ने हुन्छ ।

टेकआर्कको रिपोर्टकाअनुसार लगभग अनलाइन स्मार्टफोन मध्ये ४० देखि ५० प्रतिशत फ्रड कारोबार हुने गरेको छ जो रिसेलसरहरुले गर्ने गर्दछन् । यो रिपोर्ट एजेन्सीले रिटेलर्स, लजिस्टिक्स, डिस्ट्रिब्यूटर्सद्धारा संकलित जानकारी र अन्तरवार्ताको आधारमा आएको हो ।

विशेषगरि यस्तो गतिबिधि लोकप्रिय स्मार्टफोन अनलाइन बिक्रीको बेला हुने गरेको बताईएको छ ।

टेकआर्ककाअनुसार भारतमा कुल स्मार्टफोनहरुको बिक्रीको केबल २१ देखि २४ प्रतिशत मात्र अनलाइन खरिद हुने गरेको छ जुन असल ग्राहकले नै किन्दछन् । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २ बैशाख २०७६, सोमबार

ताजा समाचार