विश्वभर फेसबुक डाउन, यूजर्सले ट्वीट गरेर जानकारी दिँदै

Technology Khabar १ बैशाख २०७६, आईतवार

विश्वभर फेसबुक डाउन, यूजर्सले ट्वीट गरेर जानकारी दिँदै

काठमाडौं ।

काठमाडौं । नेपालसहित संसारभर सामाजिक संजाल फेसबुक डाउन भएको छ । फेसबुकका यूजर्सले विश्वभर फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा समस्या आएको बताईरहेका छन् ।

यूजर्सले ट्वीटरमा फेसबुक डाउन ह्यासट्यागमा फेसुबुकसहित अन्य ह्वाट्सएप र इन्स्टाग्राम तथा मेसेन्जरमा समस्या आएर चलाउन नसकेको जानकारी गराईरहेका छन् ।

फेसबुक संचालन नहुनुको कारण फेसबुकको अफलाइन सर्भर समस्या भएको बताईएको छ । नेपालसहित अमेरिका, यूरोप, एशियालगायतका विभिन्न मुलुकहरुमा फेसबुक डाउन भएको छ ।

स्वतन्त्ररुपमा आउटेज मनिटर डाउन डिटेक्टरले ३ हजार भन्दा बढि रिपोर्ट यूजर्सबाट प्राप्त गरेको छ ।

easy care

प्रकाशित: १ बैशाख २०७६, आईतवार