वर्षमा १ डलर मात्रै कमाउने फेसबुकका सिईओको सुरक्षा खर्च २ अर्ब ५३ करोड रुपैयाँ

काठमाडौं । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको सुरक्षा निकै महंगा हुँदै गएको छ । विभिन्न विवादास्पद घट्नाहरुमा फसिरहेको फेसबुकका सिईओको व्यक्तिगत सुरक्षा र यात्राका लागि कम्पनीले सन् २०१८ मा मात्रै १३ मिलियन अतिरिक्त खर्च गरेको छ ।

कम्पनीले शुक्रबार दर्ता गरेको फाइलअनुसार कम्पनीले सुरक्षा गार्ड, उपकरणहरु, सेवा र रेसिडेन्सियल इम्प्रुभमेन्टमा प्रि ट्याक्स अलाउन्सअन्तरगत अर्को १० मिलियन डलर खर्च गरेको छ ।
यस आधारमा हेर्दा कम्पनीले मार्कको सुरक्षाको लागि मात्र २३ मिलियन डलर अर्थात २ अर्ब ५३ करोड रुपैयाँ वार्षिक खर्च गर्ने गरेको छ ।

बुझाईएको फाइलमा भनिएको छ, ‘उनी फेसबुकको प्रतिरुप भएको हुँदा हाम्रा कम्पनीप्रतिको नकारात्मक सेन्टिमेन्ट सिधै जुकरबर्ग जोडिन्छ वा उनीप्रति सर्दछ ।’

अन्य धनी सिईओहरु जस्तै मार्कले पनि वार्षिक १ रुपैयाँ तलब लिने गर्दछन् । उनले सन् २०१८ मा बोनसहरु तथा स्टक अवार्डहरु कुनै नलिएको उल्लेख छ । जेभएता पनि जुकरबर्गको कुल क्षतिपूर्ति सन् २०१७ ९.१ मिलियन डलर पाएकोमा ह्यात्तै बढेर २२.६ मिलियन डलर सन् २०१८ मा पुगेको हो । यो खर्च हाई प्रोफाइल सिईओको सेक्यूरिटी खर्च कभर गर्न वृद्धि गरिएको हो ।

यो सुरक्षा खर्चमा भएको वृद्धि जुकरबर्ग र फेसबुकको हाई भिजिबिलिटीले आएको चुनौतीले गर्दा भएको कम्पनीले उल्लेख गरेको छ ।

फेसबुकले जुकरबर्गको घरमा र उनी यात्रा गर्ने बेलामा जुकरबर्ग र उनको परिवारको निजी सुरक्षाको लागि भुक्तानी गर्ने गर्दछ ।

करिब २.६ मिलियन डलर जुकरबर्गले सन् २०१८ मा भ्रमणमा प्रयोग गरेको निजी एयरक्राफ्टका लागि खर्च गरिएको छ, जसलाई कम्पनीले सुरक्षा कार्यक्रमको एउटा पाटो भएको बताएको छ ।
फेसबुक र जुकरबर्ग लगातार २ वर्षदेखि विभिन्न श्रृंखलाबद्ध स्क्याण्डलहरुमा परिरहेको छ, जसमा क्याम्ब्रिज एनालाईटिकाबाट डाटा चोरीदेखि फेसबुकमा आउने घृणाजन्य कन्टेन्ट तथा पछिल्लो चरणमा भएको हिंसात्मक भिडियो कन्टेन्टहरु रहेका छन् ।

विश्वमा निकै परिचित एक्जुकेटिभ्समध्ये जुकरबर्ग एक भएको र हाम्रो कम्पनीको उपस्थिती विश्वका ठूलो क्षेत्रमा भएको तथा विश्वव्यापी मिडियामा निरन्तर एक्सपोज भएको, कानूनी र नियमनकारी निकायको ध्यानाकर्षण भएको छ, फाइलमा भनिएको छ ।

त्यसैगरि फेसबुकले आफ्ना सिओओ सेरिल स्याण्डबर्गको निजी सुरक्षाखर्चमा पनि उल्लेख वृद्धि गर्दै सन् २०१८ मा १.१ मिलियन डलर खर्च गरेको छ।

फेसबुकका संस्थापक तथा सिईओ मार्क जुकरबर्ग विश्वका धनी व्यक्तिहरुमध्ये पर्दछन जसको सम्पत्ति ७० बिलियन डलर भन्दा धेरै रहेको छ । एजेन्सी

Cheap Sex Cam Website