स्काईवर्थको नयाँ वर्षको अफर, टिभी खरिदमा ३० प्रतिशतसम्मको छुट

काठमाडौं । स्मार्ट एपलायन्सेस् प्रालिले स्काइवर्थ ग्राण्ड ७६ स्किम ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर स्काईवर्थले ‘नयाँ वर्ष दमदार बनाऔँ, स्काईवर्थ डिस्काउन्टको लाभ उठाऔँ’ नारा सहित योजना सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०७६ को विशेष अवसरमा कम्पनीले स्काईवर्थ टिभीका एआई टिभी, एन्ड्रोईड टिभी, एन्ड्रोईड स्मार्ट टिभी र एलईडी टिभीमा ३० प्रतिशतसम्मको छुट दिने भएको छ । स्काईवर्थका टिभीहरु २४ इन्चदेखि ६५ इन्चसम्मको स्क्रीनमा उपलब्ध रहेको छ ।

स्मार्ट एपलाएन्सेस्ले गूगल एन्ड्रोईड टिभीको नविनतम एन्ड्रोईड ओरियो ८.१ सिस्टम प्रदान गर्दछ । यस टिभीमा उत्कृष्ट विशेषता भएको गुगल एसिस्टेन्ट र क्रोमकास्ट छ जसले प्रयोगकर्ताको आवाजलाई स्मार्ट एन्ड्रोईड रिमोटको माध्यमबाट नियन्त्रण गर्नुका साथै एन्ड्रोईड स्मार्टफोनलाई टिभीसँग सिङ्गक्रोनाइज गर्छ । यस टिभीमा भएको इनबिल्ट प्ले स्टोर एपले टिभीमै आफ्नो रोजाइका एप डाउनलोड गर्न मद्दत गर्ने कम्पनीको भनाई छ ।

टेलिभिजन बाहेक स्काईवर्थले विश्वव्यापी रुपमा वासिङ्ग मेसिन, फ्रिज, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर, राइस कुकर लगायतका उत्पादनहरु बिक्री बितरण गर्दै आइरहेको छ ।

ग्राहकहरुले स्काईवर्थको हरेक टिभी खरिद गर्दा २ वर्षसम्मको वारेन्टी पाउने बताईएको छ।

स्काईवर्थले ८ अप्रिल देखि १८ अप्रिलसम्म विश्वव्यापी रुपमा “स्काईवर्थ ग्लोबल ४०८ टिभी फेस्टिवल” मनाइरहेको छ । स्मार्ट एपलाएन्सेस्ले पनि यस उत्सवलाई “स्काईवर्थ ग्राण्ड ७६ दमदार अफर” का साथमा १० अप्रिलदेखि निश्चित अवद्धिका लागि मनाइरहेको कम्पनीले जनाएको छ ।

Leave a Reply