टिकटकले हटायो ६० लाख बढि अश्लिल भिडियो, भारतमा खोलियो सुरक्षा केन्द्र

काठमाडौं । एपको माध्यमबाट मनोरन्जनात्मक भिडियो बनाउन सुविधा दिने प्लेटफर्म टिकटक(TikTok)ले भारतमा मात्रै ६० लाख भडियो हटाएको छ । कम्पनीले ती भिडियोहरुमा अश्लिल कन्टेन्ट रहेको भन्दै हटाएको छ । कम्पनीकाअनुसार गत वर्षको जुलाईदेखि हालसम्म कम्पनीले आफ्नो सामुदायिक नियमहरुको उल्लंघन गर्ने किसिमका भिडियोहरु हटाएको हो ।

यसअघि भारतमा मद्रास उच्च अदालतले केहि दिनपहिले टिकटकको बारेमा परेको मुद्धाको सुनुवाई गर्दै सो एपलाई प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको थियो । अदातलले सो एपमा भएका कन्टेन्टहरु बालबालिकाहरुको लागि अनुपयुक्त भएको बताएको थियो ।

यसैबिच कम्पनीले टिकटक एपको प्रयोग केबल १३ वर्षभन्दा माथिका बालबालिकाले मात्र प्रयोग गर्न सक्ने बताएको छ । कम्पनीले यसको लागि मापदण्ड बनाएको हो । कम्पनीले यो अतिरिक्त सुरक्षा मानक भएको र यसले कम उमेरका उपभोक्ताहरुले सो एप प्रयोगगर्न नसकुन भनेर ल्याएको हो।

कम्पनीले स्टेटमेन्ट जारी गर्दै भन्यो, यो टिकटकको आफ्ना उपभोक्ताहरुलाई सुरक्षित र सहज महसुस गराउने प्रयासको हिस्सा हो साथै टिकटक समाजको भित्र सही विषयवस्तु दिएर उसलाई ससक्त बनाउने प्रयास गर्दछ ।

टिकटकले यो केबल १३ वर्षभन्दा माथिका बालबालिकाले मात्र प्रयोग गर्न सक्ने बताएको छ ।कम्पनीले यसलाई अतिरिक्त सुरक्षा मानक बताएको छ जसले कम उमेरका उपभोक्ताहरुले यो एपको प्रयोग नगरुन् ।

टिकटकको विरुद्ध चर्को दबाबपछि कम्पनीले भारतमा टिकटक सुरक्षा केन्द्र खालेको छ । कम्पनीले विभिन्न धम्की र गलत भिडियोहरु हेर्नको लागि भारतमा विभिन्न १० स्थानीय भाषाहरुमा सहयोग पेज समेत शुरु गरेको छ ।

टिकटकका निर्देशक हेलेना लेरचले भनिन्, ‘एउटा विश्व समुदायको आधारमा सुरक्षा टिकटकको प्राथमिकताहरुमध्ये एक हो । यी कदमहरुले हामी भारतीय उपभोक्ताहरुका लागि आफ्नो मन्च सुरक्षित र सकारात्मक बनाउन प्रतिबद्धतालाई फेरि सुनिश्चित गर्नेछ ।’

यसैबिच टिकटकको सबैभन्दा ठूलो बजार रहेको भारतमा टिकटकले सन् २०१९ को पहिलो ३ महिनामा नै ८.८६ करोड भारतीय यूजर थप गरेको छ । मोबाइल एप इन्टेलिजेन्स फर्म सेन्सर टावरको विश्लेषणअनुसार पछिल्लो सातको पहिलो ३ महिनामा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ८.२ प्रतिशत भारतीय टिकटक जोडिएका छन् ।

चिनियाँ टेक्नोलोजी कम्पनी बाइटडान्सको यो एप अमेरिकासहित अन्य मुलुकहरुमा अवैधरुपमा मानिसहरुको व्यक्तिगत जानकारी संकलन गरेको आरोपमा बिबादमा परेको थियो ।

कम्पनीले विश्व बजारमा पहिलो त्रैमासिकमा कुल १८.८ करोड यूजर जोड्न सफल भएको बताईएको छ ।

Leave a Reply