एलआईसी नेपालको ‘धनवृष्टि’ योजना शुरु

काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआइसी जीवन बीमा कम्पनीले ‘धनवृष्टी’नामक जीवन बीमा योजनाको सुरुवात गरेको छ । कम्पनीले जीवन बीमाको साथमा धनवृष्टी ३–३ बर्षमा भन्ने योजनाको सुरुवात गरेको हो ।

नयाँ वर्षको अबसर पारेर ल्याइएको सो बीमा योजना बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन् ।

‘धन वृष्टी’बीमा योजनामा १३ वर्ष देखी ६० वर्ष सम्मका बिमितले सहभागी हुन सक्ने छन् । सो योजनामा न्यूनतम बीमाङ्क रकम १ लाख कायम गरिएको छ । यस्तै, अधिकतम बीमाङ्क भने बीमा अन्डरराइटीङ नियमानुसार चाहेजति लिन सकिन्छ । यसमा बीमा योजनाको अवधि भने १० वा १५ वर्षको हुने बताईएको छ ।

१० वर्षे अवधिको बीमा लिंदा हरेक ३ बर्षमा बीमाङकको ३३ प्रतिशत रकम फिर्ता हुन्छ । १५ वर्षे अवधिमा हरेक ३ बर्षमा बीमाङकको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ । बीमा परिपक्कतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जन गरिएको रकम समेत एक साथ प्रदान गरिने कम्पनीको भनाई छ ।

तर, बीमा अवधिमा नै बिमीतको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम नकाटी पूरै बीमाङ् रकमको साथ आर्जीत रकम इच्छाएको व्यक्तीलाई प्रदान गरिन्छ । यस योजनामा ७५ लाखसम्मको दुर्घटना लााभ र स्थायी अशक्तता लाभ समेत उपलब्ध छन् । २ बर्षको बीमाशुल्क भुक्तानी पश्चात बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्ने छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले बीमितले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले जीवन बीमाको साथमा आफ्नो रकममा सजिलो तरलता चाहन्छन् उनीहरुको लागि ‘धनवृष्टि’ योजना अति उत्तम हुने वताए ।

Leave a Reply