Technology Khabar २९ चैत्र २०७५, शुक्रबार
काठमाडौं । महालेखापरीक्षकले ओभर दि टप (ओटिसी) अफ सर्भिसेज एप्लिकेसन नेपालमा दर्ता नभएको र तथा कर पनि नतिरेको उल्लेख गरेको छ ।
महालेखापरीक्षकको छपनौं वार्षिक प्रतिवेदन २०७५ मा भाइबर, फेसबुक मेसेन्जर, स्काइप, ह्वाट्सएप, स्काइप, वीच्याट, इमो लगायतका एप्सहरु दर्ता नभई संचालन भईरहेको उल्लेख गरेको छ ।
ती एप्समार्फत सेवा दिएकोले टेलिफोन सेवाको राजस्व गुमेको भन्दै ती सेवा प्रदायकहरुलाई दर्ता गराई राजस्व असुल गर्न सुझाव दिएको छ ।
महालेखा परीक्षकले आयकर ऐन, २०५८ को दफा ६७ को ज अनुसार त्यस्ता एप्स प्रयोग गरेर सेवाप्रदायक संस्थाहरु दर्ता गरेर राजस्व असुल गर्नुपर्ने बताएको हो ।
‘त्यसको लागि कानूनी तथा नीतिगत सुधार गरी यी सेवा प्रदायकलाई दर्ता गराई राजस्व असुल गर्ने व्यवस्था गर्नुपर्दछ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।
प्रकाशित: २९ चैत्र २०७५, शुक्रबार