राष्ट्रिय सूचना तथा संचार प्रविधि पुरस्कार लिने हो ? त्यसो भए दिनुस् आवेदन

Technology Khabar २८ चैत्र २०७५, बिहीबार

राष्ट्रिय सूचना तथा संचार प्रविधि पुरस्कार लिने हो ? त्यसो भए दिनुस् आवेदन
संचार तथा सूचना प्रविधि मन्त्रालय भवन । फाइल फोटो ।

काठमाडौं ।

काठमाडौं । नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संघ संस्थाहरुलाई पुरस्कृत गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष मई २ तारिखका दिन मनाउने राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसर पारेर फरक फरक चार विधामा पुरस्कार दिने भएको हो ।

गत वर्षदेखि नेपालमा मनाउँदै आएको राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस नेपालको सूचना तथा संचार प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरुमध्येबाट सर्वोकृष्टलाई संचार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा संचार प्रविधि पुरस्कार २०१९ प्रदान गर्न लागेको हो।

मन्त्रालयले नेशनल आईसिटी एक्सलेन्स अवार्ड २०१९, नेशनल आईसिटी इन्नोभेसन अवार्ड २०१९, नेशनल आईसिटी अवार्ड २०१९ सार्वजनिक क्षेत्र, र नेशनल आईसिटी अवार्ड २०१९ निजी क्षेत्रलाई दिन लागेको हो ।

मन्त्रालयले सो अवार्डहरुका लागि ईच्छुक संघ संस्था, कम्पनी तथा व्यक्तिहरुले आवेदन दिनसक्ने जनाएको छ । त्यसको लागि आवेदन दिने अन्तिम मिती वैशाख ६ गतेसम्म तोकिएको छ ।

आवेदकले आफूले गरेको काम, त्यसको प्रभाव, उपलब्धि, संस्थागत सामाजिक उत्तरदायित्वलगायतका विषयमा जानकारी सहित आवेदन दिनुपर्नेछ ।

आवेदन दिनेभए आवेदन फर्म यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिन्छ ।

Global Bank
easy care

प्रकाशित: २८ चैत्र २०७५, बिहीबार

ताजा समाचार