फायरफक्सले अनलाइन ट्र्याकिंग र क्रिप्टोकरेन्सी माइनिंग रोक्ने टूल ल्याउँदै

Technology Khabar २७ चैत्र २०७५, बुधबार

फायरफक्सले अनलाइन ट्र्याकिंग र क्रिप्टोकरेन्सी माइनिंग रोक्ने टूल ल्याउँदै

काठमाडौं । वेब ब्राउजर फायरफक्सले हालै नयाँ सेक्यूरिटी टूल्स लन्च गर्ने घोषणा गरेको छ, जसले यूजर्सको अनलाइन गतिबिधि ट्र्याकिंग गर्न रोक्ने र क्रिप्टोकरेन्सी माइनिंग गर्नबाट रोक्नेछ ।

यसको लागि मोजिल्लाले डिस्कनेक्टसँग सहकार्य गरेको छ, जून सफ्टवेयर कम्पनी हो जसले यूजर्सलाई अनलाइन ट्रयाकिंग गर्नबाट बचाउने सोलूसन विकास गरेको छ । यो सफ्टवेयर हाल फायरफक्सले प्रयोगमा ल्याईरहेको छ जसले विज्ञापनलाई ब्लक गर्दछ ।

नयाँ टूल्स भने फायरफक्स नाइटली ६८ र बीटा ६७ का लागि उपलब्ध रहेको छ । अनलाइन गतिबिधि ट्रयाकिंग नियन्त्रण गर्ने टूल्स यूजर्सको फिंगरप्रिन्टमा आधारि हुनेछ । यसले यूजर्सको डिभाइजसको स्क्रीन सलुसन, अपरेटिंग सिस्टम, लोकेशन, रिजनल कन्फिगरेशनलगायतका विषयहरुको जानकारीको सुरक्षा गर्दछ ।

त्यसैगरि क्रिप्टोकरेन्सी माइनिंगतर्फ हेर्दा केहि वेबसाइटहरुले प्रयोगकर्ताहरुको सीपीयू माइन क्रिप्टोकरेन्सीज प्रयोग गर्दछन् । यसले तपाईँको ल्यापटप वा कम्प्यूटरको कार्यक्षमता कमजोर पार्नुका साथै अधिक ब्याट्री खपत गर्ने गर्दछ ।

TK Viber

प्रकाशित: २७ चैत्र २०७५, बुधबार

Loading...