सामसंग ग्यालेक्सी जे सिरिजका स्मार्टफोन नआउने, ग्यालेक्सी ए सिरिजमा गाभियो

Technology Khabar २६ चैत्र २०७५, मंगलवार

सामसंग ग्यालेक्सी जे सिरिजका स्मार्टफोन नआउने, ग्यालेक्सी ए सिरिजमा गाभियो

काठमाडौं ।

काठमाडौं । कोरियाली स्मार्टफोन मेकर सामसंगले आफ्नो नयाँ एम सिरिज र ए सिरिजको शुरुवातसँगै विभिन्न मोडलका स्मार्टफोनहरु बजारमा ल्याईरहेको छ । यी दुबै सिरिजमा सार्वजनिक भएका स्मार्टफोनहरु नेपाली बजारमा पनि उपलब्ध रहेका छन् ।

नयाँ सिरिजको शुरुवातसँगै कम्पनीले मंगलबार नयाँ घोषणा गरेको छ । जसमा हालै सार्वजनिक गरेको ए सिरिजसँगै आफ्नो यसअघिको पुरानो जे सिरिजलाई मर्ज गरेको छ । कम्पनीले अहिलेको ए सिरिजका स्मार्टफोनहरु यसअघिको जे सिरिजका स्मार्टफोनहरुको सक्सेसर भएको बताएको हो ।

यसको अर्थ अब बजारमा सामसंगले जे सिरिजका स्मार्टफोनहरु उत्पादन गरेर बिक्री गर्नेछैन् ।

हालै सामसंग मलेशियाले सामसंग ग्यालेक्सी ए३० र सामसंग ग्यालेक्सी ए५० स्मार्टफोनको बारेमा जानकारी दिन राखेको प्रडक्ट भिडियोमा सो जानकारी दिईएको छ । कम्पनीले नयाँ लाइनअपका फोनमा ड्यूल र ट्रिपल क्यामराहरु राखिएका छन भने फोनमा सूपर एमोलेड डिस्प्ले राखिएको जानकारी दिएको छ ।

सामसंगले विश्व बजारमा ए सिरिजका ग्यालेक्सी ए१०, ग्यालेक्सी ए २०, ग्यालेक्सी ए३०, ग्यालेक्सी ए४०, ग्यालेक्सी ए५०, ग्यालेक्सी ए७० लन्च गरिसकेको छ ।

सामसंगले औपचारिकरुपमा नै सामसंग ग्यालेक्सी जे सिरिजलाई हालै ल्याएको ए सिरिजमा गाभिसकेपछि अब जे सिरिजका फोनहरु आउने छैनन् । त्यसैले अब जे सिरिजका पुराना फोनहरु किन्नुको औचित्य पनि छैन् । किनकी ग्यालेक्सी जे सिरिजका फोनहरु निकै पुराना भईसकेका छन् । तर तपाईँले नेपाली बजारमा अझै त्यही पुरानो ग्यालेक्सी जे सिरिजका स्मार्टफोनहरु भेट्न सक्नुहुनेछ । अब ती फोन किन्नु भनेको अनावश्यक रकम खर्च गर्नु हो ।

easy care

प्रकाशित: २६ चैत्र २०७५, मंगलवार