एनसेलसँग लाभकर तीन महिनाभित्र उठाउन सर्वोच्चको फैसला

Technology Khabar २६ चैत्र २०७५, मंगलवार

एनसेलसँग लाभकर तीन महिनाभित्र उठाउन सर्वोच्चको फैसला

काठमाडौं ।

सर्वोच्च अदालतको एनसेलसँग पूँजीगत लाभकर बारे पूर्ण पाठ:

काठमाडौं । सर्वोच्च अदालतले एनसेलसँग पूँजीगत लाभकर तीन महिनाभित्र उठाउन आदेश दिएको छ । सर्वोच्च अदालतले मंगलबार एनसेल बिक्रीको लाभकरको विषयमा गरेको फैसलाको पूर्ण पाठ दिँदै तीन महिनाभित्र बाँकी सबै दायित्व एनसेलसँग उठाउन आदेश दिएको हो ।

सर्वोच्चले एनसेल खरिदबिक्रीको पूँजीगत लाभ कर कति लाग्ने हो सो सम्बन्धमा आवश्यक मूल्यांकन गरी तीन महिनाभित्र उठाउन निर्देशन दिएको हो । साथै करको दायित्व निर्वाह नगरेम्म लाभांश र कम्पनी बिक्रीमा समेत रोक लगाउने फैसला गरेको छ।

‘मिति २०७४।३।१३ को कर निर्धारण आदेशमा उल्लेखित कर टेलिया सानेरा स्वीडेनलाई नलागी एनसेललाई लाग्ने हुँदा उक्त आदेशमा उल्लेखित आधार र कारणहरु समेत हेरी र एनसेलले मिति २०७३।१।२६ र २०७४।२। २१ मा पुँजीगत लाभकर बापत अग्रिम रुपमा कुल रु. २१,५४,८०,५५,९००।- र विलम्ब शुल्क बापत रु. २,०२,६२,३४,८५१।- ठूला करदाता कार्यालयमा बुझाईसकेको देखिँदा बुझाई सकेको रकम समेतलाई दृष्टिगत गरी कर निर्धारण र कर असूल उपर गर्ने सम्बन्धमा यो आदेश प्राप्त भएको मितिले तीन महिना भित्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु, साथै करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश बितरण र शेयर बिक्रीको अनुमति नदिनु नदिलाउनु भनी विपक्षीहरुका नाउँमा परामादेशको आदेश जारी हुने ठहर्छ,’
पूर्ण पाठ आदेशमा भनिएको छ ।

प्रधानन्यायाधिस चोलेन्द्रशम्शेर राणा नेतृत्वको पूर्ण इजलासले केहि समयअघि एनसेलसँग लाभकर असुल गर्नुपर्ने आदेश गरेको थियो । हाल सोहि मुद्धाको पूर्ण पाठ आएको हो । अदालतले पूर्व सचिव डा द्धारिकानाथ ढुंगेलले दायर गरेको रिटको आधारमा फैसला गरेको हो । सो रिटसँगै सोहि बिषय सम्बन्धित अन्य मुद्धाहरु एकैसाथ इजलासले हेरेको थियो ।

supreme_178882

easy care

प्रकाशित: २६ चैत्र २०७५, मंगलवार

ताजा समाचार