Technology Khabar २६ चैत्र २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । माइक्रो ब्लगिंग साइट ट्वीटरका प्रमुख कार्यकारी अधिकृतको तलब कति हुन्छ भन्ने सबैलाई उत्सुकताको विषय हो । सोसियल प्लेटफर्ममा निकै महत्वपूर्ण भूमिका निभाईरहेको ट्वीटर प्रमुख प्लेटफर्महरुमध्येमा पर्दछ । यसका प्रमुख कार्यकारी अधिकृतमा ज्याक डोर्सी रहेका छन् ।
हालै सार्वजनिक रिपोर्टअनुसार ट्वीटरका प्रमुख कार्यकारी अधिकृत डोर्सीको तलब केबल १.४० अमेरिकी डलर वार्षिक रहेको छ ।
उनले यो तलब गत वर्ष अर्थात सन् २०१८ मा कमाएको कम्पनीले हालै यूएस सेक्यूरिटीज एण्ड एक्सचेन्ज कमिसनमा दर्ता गरेको फाइलमा उल्लेख छ ।
ज्याक डोर्सी सन् २०१५ मा कम्पनीको सिईओको रुपमा पुन फर्किएका थिए । तर उनले सन् २०१५, २०१६ र २०१७ मा कति रकम र आम्दानी गरेका थिए भन्ने जानकारी दिन अश्विकार गरेका छन् ।
यदि डोर्सीले पाएको वार्षिक तलबलाई ट्वीटरको आधारमा हेर्दा उनले प्रति शब्द १ सेन्ट कमाउने गरेको देखिन्छ । अर्थात ट्वीटरमा १४० शब्द वा क्यारेक्टरसम्म लेख्न पाईने लिमिट छ र उनले पनि १४० सेन्ट कमाएका छन् ।
यदि ट्वीटको लिमिटको आधारमा सिईओको तलब निर्धाण गर्ने हो भने डोर्सीेको तलब छिटै बढ्ने छ । अर्थात ट्वीटरले आफ्नो क्यारेक्टर लिमिटलाई २८० शब्दसम्म पुर्याउने तयारी गरिरहेको छ र डोर्सीले पनि दोब्बर तलब अर्थात २.८० अमेरिकी डलर लिन सक्नेछन् ।
ट्वीटरका अधिकारीहरुले डोर्सीको तलब र सेवा सुविधाको बारेमा कुनै जानकारी दिन मानेनन् ।
ट्वीटरका सिईओ ज्याक डोर्सीको जस्तै अन्य टेक कम्पनीहरु एप्पलका सिईओ स्टीभ जब्स, गूगलका एरिक स्चीमट, सर्गेई ब्रिन र ल्यारी पेज, याहूका क्यारोल बार्टज, सिस्कोका जोन च्याम्बर्स र ओर्याकलका ल्यारी एलिसनलगायत अन्य धेरै अधिकारीहरुले केबल १ डलर तलबमा काम गर्ने गरेका छन् ।
फोब्र्सकाअनुसार भने ज्याक डोर्सीको वर्तमान सम्पत्ति ५.३ बिलियन अमेरिकी डलर रहेको छ र उनी बिलियनरको सूचीमा ३४३ स्थानमा रहेका छन् ।
प्रकाशित: २६ चैत्र २०७५, मंगलवार