Technology Khabar २५ चैत्र २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरुको सुबिधाको लागि माछापुछ्रे बैंकले रेमिट्याप एप सर्वजनिक गरेको छ । माछापुच्छे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीले संयुक्तरुपमा विशेष गरी विदेशबाट रेमिट्यान्स पठाउनेहरुलाई ध्यानमा राखेर मोबाइल वालेट सेवासहितको एप सार्वजनिक गरेको हो ।
बैंकका ग्राहकहरु लगायतका सम्पूर्ण सर्वसाधारणको सुविधाको लागि रेमिट्याप मोबाइल वालेट सेवा सम्बन्धि त्रिपक्षीय संझौता गरेर सोमबारदेखि सेवा शुरु भएको छ ।
रेमिट्यापको माध्यामबाट विदेशमा कार्यरत प्रवासी नेपालीहरुले आफ्नो परिवारका सदस्यहरुलाई तुरुन्तै आफ्नो वालेट, बैंक खातामा र १० हजारभन्दा धेरै स्थानबाट न्यून लागतमा रकम पठाउन सकिने भएको बैंकले जानकारी दिएको छ ।
बैंकले आफ्ना ग्राहकहरुले रेमिट्याप वालेट प्रयोग गरेर विदेशबाट आफन्तलाई सिधै रकम पठाउन सकिने उल्लेख गरेको छ । सो एपमार्फत देशभित्र रेमिट्यान्स र बिल भुक्तानीका साथै बैंक खाताबाट वालेटमा र वालेटबाट खातामा रकम ट्रान्सफर गर्न सकिने सुविधा रहेको छ ।
सो मोबाइल एप एन्ड्रोयड र आईओएस दुबैमा उपलब्ध भएको बैंकले जनाएकोछ ।
प्रकाशित: २५ चैत्र २०७५, सोमबार