हुण्डाईको नयाँ वर्ष २०७६ योजना, ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस

Technology Khabar २५ चैत्र २०७५, सोमबार

हुण्डाईको नयाँ वर्ष २०७६ योजना, ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस

काठमाडौं । हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँ वर्ष २०७६ लक्षित आकर्षक योजना हुण्डाई न्यू इयर डिलाइट सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा १५ हजार रुपैयाँको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसीङ्ग तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

TK Viber

प्रकाशित: २५ चैत्र २०७५, सोमबार

Loading...