अमेजनले ३ हजार बढी सेटेलाइट लन्च गर्ने, विश्वभर ब्रोडब्याण्ड इन्टरनेट दिने

Technology Khabar २२ चैत्र २०७५, शुक्रबार

अमेजनले ३ हजार बढी सेटेलाइट लन्च गर्ने, विश्वभर ब्रोडब्याण्ड इन्टरनेट दिने

काठमाडौं । ईकमर्श तथा टेक कम्पनी अमेजनले छिटै आफ्ना प्रयोगकर्ताहरुका लागि इन्टरनेट सेवा संचालन गर्ने भएको छ।

कम्पनीले यूजर्सलाई इन्टरनेट दिनका लागि आफ्नै ब्रोडब्याण्ड नेटवर्कका लागि ३ हजार २३६ वटा सेटेलाइट लन्च गर्ने भएको हो । कम्पनीले यी सेटेलाइटहरु लो अर्थ अर्बिटमा राख्ने र विश्वभरका इन्टरनेट उपलब्ध नभएका र सेवा नपुगेका क्षेत्रहरुमा उच्च गतिको इन्टरनेट दिनेछ ।

यो अभियानलाई कम्पनीले प्रोजेक्ट कुईपर नाम दिएको छ र यस प्राजेक्टअन्तरगत कुईपर सिस्टम एलएलसीले ३ सेट फाइलहरु अन्तराष्ट्रिय टेलीकम्यूनिकेशन यूनियनमा पठाएको छ।

अमेजनले बुधवार यो लामो अवधिको योजना भएको जानकारी दिएको छ, जसअन्तरगत विश्वभर यूजर्सलाई इन्टरनेट सर्भिस प्रदान गर्नेछ ।

अमेजन ती कम्पनीहरुमध्ये सबैभन्दा पछिल्लो कम्पनी हो जसले हजारौं सेटेलाइटहरुको नेटवर्क प्रयोग गरेर ब्रोडब्याण्ड दिने योजना राखेको छ । परम्परागत सेटेलाइट इन्टरनेट जस्तै यी योजनाहरु पनि लो अर्थ अर्बिटमा राखिएका सेटेलाइटको प्रयोगबाट हुनेछ, जसमा न्यून ल्याटेन्सी हुने र सस्तोमा संचालन गर्न सकिन्छ।

यसअघि यस्तै योजना स्पेस एक्स र वानवेबले घोषणा गरेका थिए जसमा स्पेस एक्सले १२ हजार सेटेलाइट र वानवेबले ६५० सेटेलाइटको नेटवर्क बनाउने योजना सार्वजनिक गरेका थिए ।

अमेजनको प्रोजेक्ट कुईपरले तीन भिन्न किसिमका अल्टिच्यूडहरु प्रयोग गर्ने बताईएको छ । जसमा ३६७ माइलमा ७८४ वटा सेटेलाइट राख्नेछ भने ३७९ माइलमा १,२९६ सेटेलाइट तथा ३९१ माइलमा १, १५६ सेटेलाइट राख्ने तयारी गरेको छ । यी सेटेलाइटहरुले ५६ डिग्री नर्थ डाउन देखि ५६ डिग्री साउथसम्म इन्टरनेट सेवा दिनेछन् । जसले पृथ्वीको करिब ९५ प्रतिशत जनसंख्यालाई कभर गर्नेछ ।

अमेजनले यो प्रोजेक्टअन्तरगत आफैंले सेटेलाइट बनाउँछ वा तेस्रो पक्षसँग सेटेलाइट किन्छ भन्ने जानकारी दिएको छैन् । त्यसैगरि सेटेलाइट कसरी लन्च गरिनेछ भन्ने बारेमा पनि बताईएको छैन् ।

TK Viber

प्रकाशित: २२ चैत्र २०७५, शुक्रबार

Loading...