साओमीका यी स्मार्टफोन किन्दै नकिन्नुस, अब आउँदैन सफ्टवेयर अपडेट

Technology Khabar २२ चैत्र २०७५, शुक्रबार

साओमीका यी स्मार्टफोन किन्दै नकिन्नुस, अब आउँदैन सफ्टवेयर अपडेट
Classic Tech

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीका स्मार्टफोनहरु विश्वभर लोकप्रिय स्मार्टफोनको रुपमा रहेका छन् । यसको मूख्य कारण भनेको कम्पनीले नियमितरुपमा दिने सफ्टवेयर अपडेट हो ।

साओमीले आफ्ना ५ वर्ष पुराना स्मार्टफोनहरुमा पनि अपडेट दिने गरेको छ जसले गर्दा प्रयोगकर्ताहरुले पुराना साओमी स्मार्टफोनहरुमा नयाँ एमआईयूआई अपडेट पाउँछन् । तर अब भने यो प्राक्टिस कम्पनीले बन्द गर्न लागेको छ ।

कम्पनीले भर्खरै मात्र आफ्ना सात पुराना स्मार्टफोनहरुमा सफ्टवेयर सपोर्ट बन्द गरेको छ । कम्पनीकाअनुसार यी पुराना स्मार्टफोनहरुमा साओमीको एमआईयूआई ११ लन्च हुँदा उनीहरुले त्यसको अपडेट पाउनेछैनन् ।

यी फोनहरुमा साओमीले सफ्टवेयर अपडेट बन्द गरेको हो ।
साओमी रेडमी नोट ४, (Xiaomi Redmi Note 4)
साओमी रेडमी थ्रीएस (Xiaomi Redmi 3s)
साओमी रेडमी थ्रीएक्स (Xiaomi Redmi 3X)
साओमी रेडमी ४ (Xiaomi Redmi 4)
साओमी रेडमी ४ए (Xiaomi Redmi 4A)
साओमी रेडमी नोट ३ (Xiaomi Redmi Note 3)
साओमी रेडमी प्रो (Xiaomi Redmi Pro)

एमआई कम्यूनिटी एडमिनले भनेको छ की यसले अन्य डिभाइसहरुमा भने कुनै प्रभाव पार्नेछैन् । यो नियम विश्वभरका साओमी यूजर्सका लागि लागू हुनेछ । जसमा रेडमी नोट फोरका सबै भेरिएन्टहरुमा फार्मवेयर अपडेटहरु आउन बन्द हुनेछ ।

तर कम्पनीकाअनुसार सफ्टवेयर अपडेट बन्द भएपनि अन्य सामान्य सेक्यूरिटी अपेडटहरु भने सिमित अवधिका लागि आउनेछ ।

यसको अर्थ अधिकांश भारतीयहरु जसले यी स्मार्टफोन बोक्छन त्यसमा यूजर्सको इन्टरफेसमा विज्ञापन हेर्नुपर्ने बाध्यता हुनेछ ।

यी माथि उल्लेखित स्मार्टफोनहरुमध्ये नेपाली बजारमा अझै रेडमी नोट ५एक्स उपलब्ध रहेको छ ।

स्रोत

TK Viber

प्रकाशित: २२ चैत्र २०७५, शुक्रबार

Loading...