साओमी रेडमी सिरिजको दुई फोन बजारमा, ४८ मेगापिक्सेलको स्मार्टफोन २२ हजारमै

Technology Khabar २२ चैत्र २०७५, शुक्रबार

साओमी रेडमी सिरिजको दुई फोन बजारमा, ४८ मेगापिक्सेलको स्मार्टफोन २२ हजारमै
Global IME Bank

काठमाडौं ।

काठमाडौं । साओमीले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बजारमा साओमी रेडमी नोट ७ र रेडमी सेभेन लन्च गरेको हो ।

साओमी नेपालले शुक्रबार एक कार्यक्रम आयोजना गरी रेडमी सिरिजका दुई नयाँ स्मार्टफोन ल्याएको हो जसमध्ये रेडमी सेभेन कम्पनीले रेडमीलाई छुट्टै ब्राण्ड घोषणा गरेपछि सार्वजनिक गरिएको थियो ।


रेडमी नोट सेभेन (Redmi Note 7)

विशेषगरि स्मार्टफोनबाट फोटो तथा भिडियो खिच्न रुचाउने प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर ल्याएको रेडमी नोट सेभेनमा ४८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको रियर क्यामरा छ, जसमा १२ मेगापिक्सेलको इमेजलाई चारगुणा ठूलो स्तरमा देखाउने टेट्रासेल टेक्नोलोजी प्रयोग गरिएको छ। यो क्यामरामा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । यसमा सेल्फीका लागि १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।

क्वालकम स्न्यापड्रागन ६६० एआईई चीपसेट प्रयोग गरिएको यो स्मार्टफोनमा ४,००० एमएएचको ब्याट्री पावर छ । यसमा क्वालकमको क्वीक चार्ज ४ टेक्नोलोजी रहेको छ । त्यस्तै फोनमा आईआर ब्लास्टर प्रविधि छ जसले विभिन्न होम अप्लाएन्सेसहरु नियन्त्रण गर्न सकिनेछ । गोरिल्ला ग्लास ५ प्रयोग गरिएको रेडमी नोट सेभेनमा ६.३ इन्चको फूलएचडी प्लस डिस्प्ले राखिएको छ ।

रेडमी नोट सेभेन ३ जीबी र्याम ३२ जीबी स्टोरेज, ४ जीबी र्याम र ६४ जीबी स्टोरेज तथा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरिएन्टहरुमा आउनेछ । यो फोन स्पेस ब्ल्याक, नेप्च्यून ब्लू, र नेबुला रेड कलर अप्सनमा आउँछ भने यसको बजार मूल्य क्रमशः २१,९९९ रुपैयाँ, २४,९९९ रुपैयाँ र २६,९९९ रुपैयाँ तोकिएको छ ।

रेडमी सेभेन (Redmi 7)

त्यसैगरि अर्को स्मार्टफोन रेडमी सेभेनमा ६.२६ इन्चको एचडी प्लस डट ड्रप डिस्प्ले डिजाइन रहेको छ जसलाई कोर्निंग गोरिल्ला ग्लास ५ द्धारा सुरक्षित पारिएको छ ।

फोनमा ४,००० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा क्वालकम स्न्यापड्रागन ६३२ चीपसेट राखिएको छ ।

स्मार्टफोन लन्च गर्दै साओमी नेपालका जनरल म्यानेजर सौरभ कोठारीले भने , रेडमी सिरिजका स्मार्टफोनहरुमा रेडमी नोट सेभेन तथा रेडमी सेभेन उत्कृष्ट स्मार्टफोनको रुपमा आएका छन् ।

रेडमी नोट सेभेनमा पावरफुल ४८ मेगापिकसेलको क्यामरा छ भने यसको ग्रेडिएन्ट डिजाइनले यसलाई उत्कृष्ट बनाएको छ ।

रेडमी सेभेन स्मार्टफोन २जीबी र्याम र १६ जीबी स्टोरेज तथा ३ जीबी र्याम र ३२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ जसको बजार मूल्य क्रमशः १४, ९९९ रुपैयाँ तथा १६, ९९९ रुपैयाँ तोकिएको छ ।

यी दुबै स्मार्टफोनहरु अप्रिल ७ तारिखदेखि नेपाली बजारमा अनलाइन तथा अफलाइन स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

Sajilo Visa

प्रकाशित: २२ चैत्र २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार