स्मार्टफोनमा फेल भएको माइक्रोम्याक्सले इलेक्ट्रिक बाइक ल्याउँदै

Technology Khabar २२ चैत्र २०७५, शुक्रबार

स्मार्टफोनमा फेल भएको माइक्रोम्याक्सले इलेक्ट्रिक बाइक ल्याउँदै

काठमाडौं ।

काठमाडौं । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले स्मार्टफोनमा निकै नराम्रोसँग असफलता बेहोरेको छ । स्मार्टफोन बजारमा चीनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेर हराए बराबर भएको माइक्रोम्याक्सका को-फाउण्डर राहुल शर्माले नयाँ इलेक्ट्रिक मोटरबाइक लन्च गर्ने भएका छन् ।

उनको नयाँ कम्पनीले आर्टिफिशियल इन्टेलिजेन्समा आधारित इलेक्ट्रिक मोटरसाइकल बनाउन लागेको हो ।

राहुल शर्माको रिभोल्ट इन्टेलिकर्प नामक नयाँ कम्पनी ल्याएका छन जसले एआईमा आधारित इलेक्ट्रिक बाइक बनाउनेछ, यसको लागि कम्पनीमा उनले ४००देखि ५०० करोड भारु लगानी गरेका छन् ।

रिभोल्ट इन्टेलिकर्पले १५६.८ किलोमीटरको रेन्जसम्म कुद्नसक्ने इलेक्ट्रिक बाइक बनाउने लक्ष्य राखेको छ । यसको अधिकतम स्पीड ८५ किलोमीटर प्रतिघण्टासम्म हुनेछ । यो कम्पनीले आफैंले चार्जिंग यूनिट समेत बनाउनेछ ।

माइक्रोम्याक्सका को फाउण्डर शर्माले भने, ‘मेरो भिजन हरेक घरमा सस्टेनेबल मोबिलिटी उपलब्ध गराउनु हो । हामी इन्टेलिजेन्स भेहिकल बनाउने काम गरिरहेका छौं, जसले परफरमेन्सको साथ कम्प्रोमाइज गर्नेछैन् ।’

रिभोल्ट इन्टेलिकर्पको प्लाट मानेसरमा रहेको छ जहाँबाट पहिलो चरणमा १.२० लाख भेहिकल उत्पादन गर्नेछ । सो प्लान्टको क्यापासिटी १.२० लाख छ र यो १ लाख स्क्वायर फीटमा फैलिएको छ ।

उनको सो कम्पनीले भारतको दिल्ली एनसीआरबाट बिक्री शुरु गर्नेछ । यो भारतको पहिलो आर्टिफिशियल इन्टेलिजेन्समा आधारित मोटरसाइकल हुनेछ । यो इलेक्ट्रिक बाइक भारतीय बजारमा जून महिनासम्ममा उपलब्ध हुनेछ भने यसलाई अनलाइन तथा अफलाइनमा बिक्री गरिनेछ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २२ चैत्र २०७५, शुक्रबार

ताजा समाचार