भारतको मद्रासमा टिकटक प्रतिबन्ध, देशभर बन्द गर्न अदालतको पत्र

Technology Khabar २१ चैत्र २०७५, बिहीबार

भारतको मद्रासमा टिकटक प्रतिबन्ध, देशभर बन्द गर्न अदालतको पत्र

काठमाडौं ।

काठमाडौं । छिमेकी मुलुक भारतको मद्रास हाईकोर्टले बुधवारदेखि भिडियो शेयरिंग एप टिकटकमा प्रतिबन्ध लगाउन आदेश दिएको छ । सो अदालतले भारतको केन्द्र सरकारलाई सो एप बन्द गर्ने आदेश दिँदै एपले पोर्नोग्राफीलाई बढावा दिएको आरोप लगाएको छ।

बेजिंग बाइटडान्स टेक्नोलोजीको सो एपको प्रयोग छोटो भिडियो बनाउने र शेयर गर्न प्रयोग हुने गरेको छ । भारतमा सो एप निकै लोकप्रिय र चर्चित रहकेो छ । यसको प्रयोग १३० करोड यूजर्सले गरिरहेका छन् । टिक टकको माध्यमबाट यूजर्सले हांस्यव्यंग, भिडियो क्लिप र फुटेजलगायतका कन्टेन्ट शेयर गर्न सक्छन् । विशेषगरि युवाहरुबिच टिकटक प्रयोग गर्ने होडबाजी रहेको छ ।े

अदालतले सो एपमा राखिएका कुनैपनि भिडियो सामाजिक संजालहरुमा शेयर गर्न पनि रोक लगाउको छ ।

यसअघि तामिलनाडुका आईटी मन्त्रीले टिकटकमा भएको केहि डान्स कन्टेन्टलाई आपत्तिजनक भएको आरोप लगाएका थिए । यसअघि पनि भारतमा टिकटकमा प्रतिबन्ध लगाउन माग हुँदै आएको थियो ।

मद्रास हाईकोर्टले सुनुवाई गर्दै जो बच्चाले टिकटक प्रयोग गर्दछ त्यो सेक्सुअल शिकारीहरुको फन्दामा पर्न सक्ने भनेको छ । कोर्टले सो एपमा आपत्तिजनक कन्टेन्ट उपलब्ध भएको स्विकार गरेको छ ।

टिकटकले हालसम्म अश्लिल किसिमका भिडियोहरु रोक्ने नीति बनाएको छैन् भने भिडियोहरुको कुनै मापदण्ड पनि छैन् । जसले गर्दा प्रयोगकर्ताहरुले आफूखुशी भिडियोहरु पोष्ट र शेयर गर्ने गरेका छन् ।

नेपालीहरुमाझ पनि पछिल्लो दिनमा टिक टक प्रयोग गर्ने क्रम निकै बढ्दो छ । त्यसैगरि टिक टक सेलेब्रेटी बन्न चाहनेहरुको संख्या पनि निकै छ । नेपालमा पनि टिक टकमा अश्लिल कन्टेन्टहरु आउने गरेको प्रयोगकर्ताहरुले गुनासो गरेका छन् । नेपालमा प्रतिबन्ध नभएपनि भारतमा भएको प्रतिबन्धको असर के नेपालमा पर्छ त भन्ने अनुमान रहेको छ । एजेन्सी

easy care

प्रकाशित: २१ चैत्र २०७५, बिहीबार