नानो स्याटेलाईटको लागि ग्राउण्ड स्टेशन बनाईँदै, प्रक्षेपणको तयारी पुरा

Technology Khabar २० चैत्र २०७५, बुधबार

नानो स्याटेलाईटको लागि ग्राउण्ड स्टेशन बनाईँदै, प्रक्षेपणको तयारी पुरा

काठमाडौं ।

काठमाडौं । जापानमा अध्ययनरत दुई नेपाली विद्यार्थीले बनाएको नानो स्याटेलाईटको लागि नेपालमा ग्राउण्ड स्टेशन बनाउन लागिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले सो स्याटेलाइट प्रक्षेपणको तयारी पुरा भएको जानकारी दिँदै स्याटेलाईट वैशाख ४ गते प्रक्षेपण हुने जानकारी दिएको छ । जापानमा अध्ययनरत दुई नेपाली विद्यार्थी आभास मास्के र हरिराम क्षेष्ठले तयार सो स्याटेलाइट तयार पारेका हुन् ।

सो स्याटेलाइटको लागि आवश्यक ग्राउण्ड स्टेशन नास्टको कार्यालयमा नै बनाउन लागिएको प्रविधि पत्रकार मञ्चको आयोजनामा आयोजित कार्यक्रममा बोल्दै नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले बताए ।

‘हामीले त्यसको लागि टेण्डर आव्हान गरिसकेका छौं, यो पूर्णरुपको स्याटेलाइट नभएको हुँदा सानो ठाउँ भएपुग्छ त्यसैले छिटै त्यसको ग्राउण्ड स्टेशन नास्टमा नै तयार हुनेछ,’ उनले भने ।

नेपालको पहिलो स्याटेलाईटको रुपमा रहेको नानो स्याटेलाईट अमेरिकाको भर्जेनियाबाट प्रक्षेपण गरिने उनले बताए । ढकालले वैशाख ४ प्रक्षेपण हुने उक्त स्याटेलाईट सूरुको एक महिना इन्टरनेश्नल स्पेस स्टेशन (आईएसएस)मा रहने र जेठको दोस्रो हप्ता त्यसलाई अर्विटलमा राखिने भन्दै त्यसको लागि जापानबाट गरिनुपर्ने प्राविधिक काम सम्पन्न भइसकेको बताए ।

उनले नानो स्याटेलाईटमार्फत नेपालमा स्याटेलाईटको लागि आवश्यक पर्ने जनशक्ति निर्माणमा सहयोग पुग्ने र प्राविधिक तथा शैक्षिक अध्ययनमा महत्वपूर्ण हुने बताए । उनले नेपाल एकै पटक मेगा स्याटेलाईमा जान नसक्ने भन्दै यो परियोजनालाई अघि बढाएको उल्लेख गरे ।

नानो स्याटेलाइट नेपालको आकाशमा सिमित समयको लागि मात्र रहने हुँदा त्यसले खिच्ने तस्विरहरु भविश्यमा अध्ययन अध्यापनमा उपयोगी हुनसक्ने उनको भनाई थियो ।

जापानको सहयोगमा प्रक्षेपण हुने सो स्याटेलाइट लो अर्थ अर्बिटमा रहनेछ भने त्यसको आयु ३ वर्षसम्म हुनेछ । त्यसपछि सो स्याटेलाइट पुथ्वीमा खसेर नष्ट हुने नास्टले जानकारी दिएको छ ।

easy care

प्रकाशित: २० चैत्र २०७५, बुधबार

ताजा समाचार