एप्पलले सन् २०२०मा ओएलईडी सहितको ३ नयाँ आइफोन ल्याउने

Technology Khabar २० चैत्र २०७५, बुधबार

एप्पलले सन् २०२०मा ओएलईडी सहितको ३ नयाँ आइफोन ल्याउने
Classic Tech

काठमाडौं । एप्पलले सन् २०२० मा घोषणा गर्ने आइफोनहरुमा नयाँ स्क्रीन साइज र ओएलईडी प्यानल प्रयोग गरिने रिपोर्ट आएको छ ।

एप्पलले सन् २०२०देखि नयाँ किसिमको आइफोन ल्याउने चर्चा आईरहेको बेला यस्तो रिपोर्ट आएको छ ।

नयाँ स्क्रीन साइज कम्प्याक्ट ५.४२ इन्चदेखि ६.०६ इन्चसम्ममा हुनेछ भने त्यसपछि ६.६७ इन्चमा म्याक्स मोडल आउने बताईएको छ ।

उदाहरणको लागि आइफोन ८ जसलाई सबैभन्दा सानो आइफोन भनिन्छ र ४.७ इन्चको स्क्रीन प्रयोग भईरहेको छ, जसलाई भविश्यमा ५.४२ इन्चको स्क्रीनले प्रतिस्थापन गर्नेछ । त्यस्तै अहिलेको ५.८ इन्चको आइफोन एक्सएसलाई ६.०६ इन्चको स्क्रीनले हटाउनेछ भने ६.६७ इन्चको स्क्रीनले अहिलेको ६.५ इन्चको आइफोन एक्सएस म्याक्सलाई बिस्थापित गर्नेछ ।

यसअघि एप्पलले आफ्ना नयाँ आइफोनहरुका लागि ओएलईडी डिस्प्ले प्रयोग गर्ने समाचारहरु आएका थिए जसमा सन् २०१९ देखि नै सबै लाइनअपमा ओएलईडी प्रयोग हुने बताईएको थियो । तर यो अहिलेको रिपोर्टअनुसार भने त्यो काम सन् २०२० मा मात्र हुने देखिएको छ ।

यदि नयाँ आएको रिपोर्ट सहि हो भने हामीले सन् २०१९ मा आउने नयाँ आइफोनहरुमध्ये सस्तो आइफोन भनेर चिनिने आइफोन एक्सआरमा एलसिडी नै राखेको देख्नेछौं भने दुईवटा आइफोनहरु भने ओएलईडीसहित आउनेछन् ।

गएको वर्ष आइफोनले यसअघि सार्वजनिक गरेको आइफोनको नयाँ भर्सनको रुपमा एस सिरिजमा ल्याएको थियो भने यो वर्ष सन् २०१९ मा नयाँ आइफोन सिरिज आइफोन ११ नाममा आउने अपेक्षा गरिएको छ ।

TK Viber

प्रकाशित: २० चैत्र २०७५, बुधबार

Loading...