ह्वावे पी३० सिरिजको प्रि-बुकिङ्ग नेपालमा शुरु, बुकगर्नेलाई उपहार

Technology Khabar १९ चैत्र २०७५, मंगलवार

ह्वावे पी३० सिरिजको प्रि-बुकिङ्ग नेपालमा शुरु, बुकगर्नेलाई उपहार
Classic Tech

काठमाडौं । हालै विश्व बजारमा सार्वजनिक गरिएको ह्वावे पी ३० सिरिज नेपालमा नै प्रि-बुकिङ्गको लागि उपलब्ध भएकोछ ।

प्रि–बुक गर्ने ग्राहकको लागि विशेष उपहारको पनि व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । ह्वावे स्मार्ट स्केल पी३० लाईट प्रि–बुकिङ्गको साथ आएको छ र ह्वावे फ्रिबड्स पी३० र पी३० प्रोको प्रि–बुकिङ्गको साथ उपलब्ध हुनेछ । चैत्र १७ गतेदेखि खुलेको प्रि–बुकिङ्ग चैत्र २७ गतेसम्म उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ ।

पी ३० सिरिजको खरिदका लागि विभिन्न बैंकहरुबाट शुन्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा पनि उपलब्ध रहेको कम्पनीको भनाई छ ।

‘ह्वावे सुपरस्पेक्ट्रम सेन्सर र सुपरजुम लेन्स जस्तो नयाँ प्रविधिका कारण फोटोग्राफी र भिडियोग्राफीमा नयाँ आयाम ल्याउँछ । ह्वावे पी ३० सिरिजले मानिसहरूलाई आफ्नो वरपरको वास्तविक सुन्दरता कैद गर्न दिनका लागि आगामी पुस्ताको स्मार्टफोनका लागि गति तय गर्नेछ,’ ह्वावे कन्जुमर बीजीका प्रमुख कार्यकारी अधिकृत रिचर्ड यूले भने ।

नेपाली बजारमा ह्वावे पी ३० प्रो को मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँ पर्दछ, ह्वावे पी ३० को मूल्य ८४ हजार ९०० रुपैयाँ र ह्वावे पी ३० लाईट को मूल्य ३९ हजार ९०० रुपैयाँ तोकिएको छ । दराज अनलाइनबाट पनि यो फोन प्रि–बुकिङ्गको लागि उपलब्ध रहेको बताईएको छ ।

ह्वावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र पी ३० लाईट विश्वव्यापीरुपमा सार्वजनिक गरेको थियो । ह्वावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ ।

यी स्मार्टफोनहरूमा नवीनतम ह्वावे सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र ह्वावेको नयाँ टाइम अफ फ्लाइट( टीओएफ क्यामरा, परिस्कृत अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ । यी परिवर्तनकारी प्रविधिहरूसँगै ह्वावे पी ३०, ह्वावे पी ३० प्रोरपी ३० लाईट मा अविश्वसनीय तस्वीरहरू र भिडियोहरू खिच्ने कम्पनीको दाबी छ ।

उत्कृष्ट प्रोफेसनल–ग्रेड तस्वीरहरूका लागि फोटोग्राफीको नियमहरू पुनरलिखित गर्ने

ह्वावेको पी ३० सिरिजले प्रयोगकर्ताहरूको स्मार्टफोन फोटोग्राफीप्रतिकोे अपेक्षामा नै परिवर्तन गरिदिनेछ । ओभरअल म्हइःबचप को ११२ अंकको हाईस्कोर प्राप्त गर्न सफल ह्वावे पी ३० प्रो मा नयाँ लाइका क्वाड क्यामरा प्रणाली रहेको छ साथै ह्वावे सुपरस्पेक्ट्रम सेन्सर भएको ४० एमपीको मुख्य क्यामरा, २० एमपीको अल्ट्रावाइड एंगल, ८ एमपीको टेलिफोटो क्यामरा, ह्वावे टिओएफ क्यामरा र उत्कृष्ट सेल्फीहरू खिच्ने ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ ।

१÷१.७ ईन्चको सुपरस्पेक्ट्रम सेन्सर एकदमै नवीन प्रविधिको रहेको छ । यसको च्थ्थ्द्य ज्ग्ब्ध्भ्क्ष् सुपरस्पेक्ट्रम सेन्सरमा परम्परागत च्न्न्द्य बेयरको प्रयोग नगरी ग्रीन पिक्सलको सट्टा एल्लो पिक्सल प्रयोग गर्दछ । ह्वावे पी३० प्रो मा ४०९,६०० को उच्च अधिकतम आईएसओ रेटिङ छ भने ह्वावे पी३० प्रो मा २०४,८०० छ । सेन्सर प्रविधिमा भएको यस आधारभूत परिवर्तनमा ह्वावे ब्क्ष्क्, इक्ष्क् र ह्वावे पी३० प्रोको ारज्ञ।ट वाइड एपेचर छ, जसले विविध परिदृश्य र लाईटिङमा असाधारण फोटोग्राफि र भिडियोको अनुभूति प्रदान गर्दछ । यसले ज्यादै कम लाइटमा पनि ईमेजमा विस्तृत विवरण, कलर र स्पष्टता प्रदान गर्छ ।

नयाँ सुपरजुम लेन्सले स्लीम लाइन डिभाइस डिजाइनमा जुम फोटोग्राफिकै सुपिरियर लेबल अनलक गर्छ । नयाँ पेरिस्कोप डिजाइनबाट सुपरजूम लेन्सले पाँच गुणा अप्टिकल जुम, १० गुणा हाइब्रिड जुम र ५० गुणा डिजिटल जुम सपोर्ट गर्दछ । टेलिफोटो क्यामराको प्रिज्म इलिमेन्टले लाईटलाई ९०–डिग्रीको एंगलमा बेण्ड गरी फोकल लेन्थ अधिकतम गर्दै डिभाइसको डिजाइन नबिग्रिने गरी क्यामराको उचाईलाई न्यूनतम् गर्दछ ।

ह्वावे त्यँ क्यामराले कल्पनालाई जिवन्त गर्दछ । ह्वावे पी३० प्रोको अद्भूत विशेषता भनेकै ह्वावे त्यँ क्यामरा हो, जसले एक्युरेट इमेज दिनका लागि डेप्थ अफ फिल्ड इन्फोरमेसन कैद गर्दछ । यसले सटिक दुरी मापन गरेर दयपभज को मल्टीपल लेबलहरु सिमुलेशन गर्दछ । यसको सुपरपोट्रेट फिचरले सानोभन्दा सानो विवरणहरु कैद गर्दछ, जस्तै कि कपालको एउटा रेशा । यसले डेप्थ इन्फरमेशन र प्रोप्राईटेरी एल्गोरीथम्सको समायोजनद्वारा ब्याक्ग्राउण्डलाई डिफोक्स गरेर परिदृश्यको मुख्य विषयलाई हाइलेट गरेर उत्कृष्ट ईमेज निकाल्न मद्दत गर्छ ।

ह्वावेको एआईले पर्फेक्ट तस्वीर दिनका लागि सघाउँछ । एआई एचडीआर प्लसले फ्रन्ट र रियर क्यामराको समायोजनल एकै चोटि धेरै फोटोहरु खिचेर ओभर एक्सपोज्ड र ब्याक्लीट फोटोहरुलाई हटाउन मद्दत गर्दछ ।

स्मार्टफोन भिडियोग्राफीलाई पुनः परिभाषित गर्दै

ह्वावे पी ३० सिरिज सिनेम्याटिक विशेषताहरू भएको स्मार्टफोन क्यामरा हो । ह्वावे पी ३० सिरिज्ले यसको प्रयोगकर्तालाई स्टुडियो–ग्रेड भिडियोग्राफिको नयाँ युगमा लग्दछ । ह्वावे सुपरस्पेक्ट्रम सेन्सरले ज्यादै कम प्रकाशमा पनि भिडियो खिच्नसक्ने हुँदा र राति खिचिएका भिडियो उज्यालो र एकदमै प्रष्ट हुन्छन् । सबै भिडियो क्याप्चर सेटिङ्गमा ह्वावेको ब्क्ष्क् र इक्ष्क् सपोर्ट स्टेब्लाईजेशन हुने भएकोले सटहरु उत्कृष्ट र स्थिर हुन्छन् । यसका साथै, यसको सुपरजूम लेन्सले स्पष्ट क्लोजअप खिच्न मद्दत गर्छ भने ब्क्ष् भिडियो इडिटरले प्रयोगकर्तालाई भिडियोमा ब्याक्ग्राउण्ड म्यूजिक र स्पेशल इफेक्ट राख्न मद्दत गर्दै ह्वावे पी ३० सिरिज्लाई मोबाइल प्रोडक्सन स्टुडियोमा परिणत गर्दछ ।

दुईटा भ्यू एउटाभन्दा राम्रो हुन्छ । ह्वावेको डुअल भ्यू भिडियोले मल्टीपल क्यामरालाई एकै चोटी प्रयोग गर्दै एउटा सिनलाई एउटै समयमा दुईटा पर्सपेक्टिभबाट खिच्न सक्छ । ह्वावे पी ३० सिरिज्ले मुख्य विषय वस्तुको क्लोज्अप खिच्नुका साथै सिनको फुल भ्यू प्रदान गर्दछ, जसले भिडियोको लागि नयाँ र उत्साहित सम्भावनाहरु प्रदान गर्दछ ।

स्टनिङ डिजाइनको हेरिटेज
स्टनिङ डिजाइन र सुन्दर रङ्ग प्रदान गर्नको लागि प्रकृति र प्रविधिबाट प्रेरणा लिँदै । अदुभूत रङ्गको प्यालेट र साल्ट फ्ल्याट्सको प्राचीन लुकबाट प्रेरित भएर ह्वावे पी ३० सिरिज्को डिजाइन, नाइन–लेयरन्यानोअप्टीकल कलर फिनिसबाट बनाइएको हो ।

६.४७ ईन्चको ह्वावे पी ३० प्रो र ६.१ ईन्चको ह्वावे पी ३० ब्रेदिङ क्रिष्टल, एम्बर सनराइ, अरोरा, पर्ल ह्वाईट र ब्ल्याक रंगहरूमा उपलब्ध छ । ँज्म्ं ९द्दघद्धण्हज्ञण्डण्० डिउड्रप डिस्प्लेमा सानो निशान छ, जसले गर्दा ठूलो डिस्प्ले एरिया प्रदान गर्छ । यसमा छिटो र सुरक्षित पहिचान प्रमाणीकरणको लािग नियर बेजेल–लेस फ्रन्ट ग्लास हाउस अर्थात् स्क्रीनमै फिङ्गगरप्रिन्ट सेन्सर छ । ह्वावे पी ३० सिरिज्मा ह्वावे ध्वनिक डिस्प्ले प्रविधि पनि छ, जसले ध्वनी इमिटिङ डिस्प्लेबाट उच्च–गुणस्तरीय अडियो प्रदान गर्दछ ।

अल्टीमेट इनोभेशन
इनोभेशन अर्थात् नवीनता नै ह्वावे मुख्य म्ल्ब् हो । ह्वावे पी ३० र ह्वावे पी ३० प्रो मा रहेका यस्ता अग्रणी विशेषताहरुले गर्दा यी फोनहरुलाई अन्य स्मार्टफोनभन्दा पावर, परफर्मेन्स र प्रभावकारीतामा फरक बनाउँछः

-ह्वावेको पी ३० सिरिजमा ७ एनएमको किरिन ९८० प्रोसेसर छ, जसले डुअल एनपीयू एआई प्रोसेसिङ पावरका कारण उत्कृष्ट प्रदर्शन, उच्च कार्यक्षमता र छिटो तस्वीर चिन्दछ ।

-ह्वावेको पी ३० सिरिजमा एक्सटेन्डेबल रिड वन्ली फाइल सिस्टम विशेषता पनि रहेको छ । पछिल्लो ईएमयूआई ९.१ ले ह्वावे स्मार्टफोन र ह्वावे ल्यापटपहरू बीच बिना कुनै अवरोध फाइल सेयर गर्न ह्वावे सेयर वानहपलाई सपोर्ट गर्दछ ।

-ह्वावे पी ३० प्रोमा ४२०० एमएएच ब्याट्री रहेको छ र ४० वाटको ह्वावे सुपरचार्जलाई पनि सपोर्ट गरी मात्र ३० मिनेटमा जिरोबाट ब्याट्री ७० प्रतिशतमा पु¥याउँछ, जुन डिभाइसलाई पूरै दिन राम्ररी चलाउनको लागि पर्याप्त हुन्छ ।

-ह्वावे पी ३० प्रोमा रहेको सुपर कुल टेक्नोलोजीका कारण यसको थर्मल परफर्मेन्स सुधारिने भएकोले धेरै प्रयोग गर्दा पनि फोन तात्तिँदैन ।

-ह्वावे पी ३० सिरिजमा डुअल सिम र डुअल भिओएलटीई कनेक्टिभिटी जस्ता अत्याधुनिक वायरलेस कम्युनिकेशनलाई सपोर्ट गर्दछ ।

ह्वावेले पी ३० सिरिजका साथै ह्वावे वाच जिटी एक्टिभ ईडिसन र एलगेन्ट ईडिसन, अल्ट्रा–लङ्ग ब्याट्री लाईफ भएको वाउटडोर स्मार्ट वाचहरु, सजिलै पेयर गर्न मिल्ने र छिटो चार्ज हुने ह्वावे हाईपेयर ह्वावे फ्रिलेस वायसलेस इयरफोनहरु र यसै गरी प्रख्यात आईवेयर डिजाइनर जेन्टल मोस्टरसँग मिलेर नयाँ स्मार्ट ग्लासेस् ह्वावे एक्स जेन्टलमोन्सटर आईवेयर पनि सार्वजनिक गरेको जनाएको छ ।

TK Viber

प्रकाशित: १९ चैत्र २०७५, मंगलवार

Loading...