मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई कारोबार अनुमति

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ ।

मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको जनाएको छ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडले पूँजीबजारसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवाहरु प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताए ।

ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखि नविनतम र उपयुक्त सेवाहरु पूँजीबजारमा ल्याउनु नै कम्पनीको मूल उद्देश्य रहेको मेगा क्यापिटल मार्केट्सका अध्यक्ष ईश्वरबहादुर गुरुङ्ले बताए ।