लक्ष्मी क्यापिटल मार्केटसँग निष्काशन व्यवस्थापन सम्झौता

Technology Khabar १९ चैत्र २०७५, मंगलवार

लक्ष्मी क्यापिटल मार्केटसँग निष्काशन व्यवस्थापन सम्झौता
Classic Tech

काठमाडौं । नबिल बैंकले जारी गर्न लागेको ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड सँग निष्काशन व्यवस्थापन सम्झौता गरेको छ ।

उक्त सम्झौता बमोजिम बैंकले निष्काशन गर्न लागेको रु. २ अर्ब बराबरको (२०,००,००० एकाइ ऋणपत्र प्रति एकाइ रु १,००० का दरले) ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्नेछ ।

सो सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा लक्ष्मी क्यापिटलका तर्फबाट लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड लक्ष्मी बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । लक्ष्मी क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र व्यवसायीको रुपमा प्राथमिक सेयर निष्काशन, पोर्टफोलियो व्यवस्थापन जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको जनाएको छ ।

TK Viber

प्रकाशित: १९ चैत्र २०७५, मंगलवार

Loading...