हावाहुरीले बन्द भएको टेलिफोन सेवा तत्काल शुरु गर्न दूरसंचार प्राधिकरणको निर्देशन

Technology Khabar १८ चैत्र २०७५, सोमबार

हावाहुरीले बन्द भएको टेलिफोन सेवा तत्काल शुरु गर्न दूरसंचार प्राधिकरणको निर्देशन
NTC_Advt

काठमाडौं ।

काठमाडौं । हालै बारा र पर्सालगायतका तराईका जिल्लाहरुमा आएको विनाशकारी हावाहुरीबाट दूरसंचार सेवा समेत अबरुद्ध भएको नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दूरसंचार सेवा अवरुद्ध भएकोमा सम्बन्धित दूरसंचार सेवा प्रदायकहरुलाई दूरसंचार सेवा अबिलम्ब सूचारु गर्न निर्देशन दिएको छ । दूरसंचार सेवा अबरुद्ध भई आपतकालिन उद्धार कार्यमा बाधा परेको भए सरोकारबाला निकायसहित सबै सर्वसाधारणलाई सहयोग गर्न समेत प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले दूरसंचार सेवा अबरुद्ध भएका स्थानहरुमा अबिलम्ब सूचारु गर्न टेलिकम कम्पनीहरुलाई निर्देशन दिईसकिएको जानकारी दिए ।

प्राधिकरणले विनाशकारी हावाहुरीले भएको मानविय तथा भौतिक क्षति प्रति गहिरो दुख र शोक व्यक्त गरेको छ ।

प्रकाशित: १८ चैत्र २०७५, सोमबार