ब्राईट स्कूल सफ्टवेयरको नयाँ भर्सन लन्च, स्कूलको फी घरबाटै तिर्न सकिने

Technology Khabar १८ चैत्र २०७५, सोमबार

ब्राईट स्कूल सफ्टवेयरको नयाँ भर्सन लन्च, स्कूलको फी घरबाटै तिर्न सकिने

काठमाडौं ।

बुटवल । शिक्षा, स्वास्थ्य, बैंकिङ्ग, ट्रेडिङ्ग क्षेत्रका सफ्टवेयर उत्पादन गर्दै आएको कम्पनी
ब्राईट अफिस सिस्टमले स्कूल र कलेजको लागी अर्न्तराष्ट्रिय स्तरको ब्राईट स्कूल (Bright School) नामक सफ्टवेयर उत्पादन गरेको छ ।

ब्राईट स्कूलमा विद्यार्थीको इन्फर्मेसन, एकाउण्ट ,लाईब्रेरी, रिजल्ट, पेरोल, होस्टेल, जीपीएस, ईन्भेण्ट्रि, एटेण्डेन्स, टिचर स्टाफ इन्फर्मेसन, नोटिफ़िकेसन, होमवर्कलगायत अन्य धेरै फिचर रहेको कम्पनीका सिईओ लक्ष्मण गौतमले जानकारी दिए। ब्राईट स्कूल मोबाईल एप्लिकेसनबाट स्टुडेण्ट, टिचर, म्यानेजमेन्ट प्यारेन्ट्स सबैलाई एकै ठाउँमा जोड्न सहयोग गर्ने कम्पनीको भनाई छ ।

अभिभावक घरमै बसी बसी विद्यार्थीको होमवर्क ,नोटिफ़िकेसन र आफ्ना नानि बाबुको बस वा गाडी कहाँ आईरहेको छ अर्थात कतिबेला स्कूल कलेजबाट कतिबेला निस्केको हो भन्ने बारे जानकारी पनि घरैमा बसेर लिन सकिने, स्कूलको फी पनि घरैमा बसेर तिर्न सकिने सिईओ गौतमले बताए ।

ब्राईट स्कूल अफलाईन भर्सनमा १०० भन्दा धेरै प्रयोग गरिएको आईआरडी प्रमाणित सफ्टवेयर भएको तथा यो सफ्टवेयर बुटवल, नवलपरासी, पाल्पा ,चितवन, काठमाडौं र पोखरामा प्रयोग भएको कम्पनीले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: १८ चैत्र २०७५, सोमबार

ताजा समाचार