फाइभजी स्मार्टफोन यूजर्सलाई कोरियन अपरेटरको अफर: फ्राइड चिकेनदेखि होम अप्लायन्ससम्म

Technology Khabar १८ चैत्र २०७५, सोमबार

फाइभजी स्मार्टफोन यूजर्सलाई कोरियन अपरेटरको अफर: फ्राइड चिकेनदेखि होम अप्लायन्ससम्म

काठमाडौं ।

काठमाडौं । सामसंग ग्यालेक्सी एस १० फाइभजी (Galaxy S10 5G) स्मार्टफोन यहि अप्रिल ५ तारिखदेखि बजारमा बिक्रीका लागि उपलब्ध हुने भएको छ ।

दक्षिण कोरियाली मोबाइल अपरेटरहरुले सामसंगको पहिलो फाइभजी (5G)स्मार्टफोनको प्रि-अर्डर शुरु गरिसकेका थिए जून यहि सातादेखि उनीहरुले यूजर्सलाई उपलब्ध गराउनेछन् ।

कोरियाका टेलिकम अपरेटर एसके टेलिकम(SK Telecom), केटी(KT) र एलजी यूप्लस(LG Uplus) ले प्रिअर्डर गरेको यूजर्सहरुका लागि प्रबद्र्धनात्मक अफर लन्च गर्ने भएका छन् ।

हाल कोरियामा मात्र उपलब्ध हुने सो फाइभजी स्मार्टफोन ५१२ जीबी स्टोरेज अप्सन १.५५ मिलियन कोरियन वन अर्थात करिब १,३२० अमेरिकी डलरमा उपलब्ध हुनेछ । त्यसैगरि २५६ जीबी स्टोरेज भेरिएन्ट भने १.३९ मिलियन वनमा उपलब्ध हुने सामसंगले जानकारी दिएको छ ।

नयाँ डिभाइस प्रयोगकर्ताहरु, जसमा फोरजी तथा फाइभजी दुबै नेटवर्क प्रयोग गर्न सकिन्छ, तीनिहरुले मासिक सेवाको लागि अतिरिक्त शुल्क तिर्नुपर्ने अनुमान गरिएको छ, जसमा कोरियन वन ५० हजारदेखि १ लाख वनसम्म पर्नेछ ।

एसके टेलिकमले भर्खरै फाइभजी प्लानको शुल्क सरकारबाट अनुमति प्राप्त गरेको छ, जून ८ जीबीका लागि ५५ हजार वन शुरु मूल्य तोकिएको छ । कम्पनीले यो मूल्य ३ अप्रिलदेखि घोषणा गर्दैछ ।

त्यस्तै अर्को अपरेटर केटीले भने यो सातादेखि प्रि-अर्डर लिने भएको छ, जसले यूजर्सलाई फ्राइड चिकेन, होम अप्लाएन्स प्रडक्ट र मोबाइल गिफ्ट कुपनहरु दिनेछ । यो कम्पनीले यहि अप्रिल ४ तारिखदेखि ५जी सेवा लन्च गर्दैछ ।

एलजी यूप्लसले फाइजी मोबाइल फोन यूजर्सलाई भच्र्यूअल रियालिटी हेडसेटेहरुका साथै स्मार्टफोन इन्स्योरेन्स भौचर तथा यूट्यूब प्रिमियम सर्भिसलगायतका सेवाहरु दिने घोषणा गरेको छ ।

एलजी यूप्लसले फाइभी यूजर्सलाई मासिक ९ जीबी डेटा ५५ हजार कोरियन वनदेखि उपलब्ध गराउने जनाएको छ ।

easy care

प्रकाशित: १८ चैत्र २०७५, सोमबार

ताजा समाचार