जीमेल स्थापनाको १५ वर्ष पुरा, डेढ अर्ब सक्रिय मासिक प्रयोगकर्ता

Technology Khabar १८ चैत्र २०७५, सोमबार

जीमेल स्थापनाको १५ वर्ष पुरा, डेढ अर्ब सक्रिय मासिक प्रयोगकर्ता

काठमाडौं ।

काठमाडौं । ईमेल सेवा प्रदायक कम्पनी जीमेल (Gmail) स्थापनाको १५ वर्ष पुरा भएको छ । गूगलले लन्च गरेको जीमेल १५ वर्षको अवधिमा १.५ बिलियन अर्थात डेढ अर्ब भन्दा बढि मासिक सक्रिय यूजर्स रहेका छन् ।

सन् २००४ अप्रिल १ तारिखमा गूगल डेभलपर पाउल बुखेटले सिर्जना गरेको जूमेलले शुरुमा प्रति व्यक्ति एक गीगाबाईटको स्टोरेज क्षमता दिने गर्दथ्यो । हाल जीमेलमा प्रति यूजर्सले १५ जीबी निशुल्क स्टोरेज पाउने गरेका छन् । यूजर्सले जीमेलद्धारा ५० एमबीको साइजमा ईमलेहरु प्राप्त गर्न सक्छन भने उनीहरुले ईमेल पठाउँदा भने केबल २५ एमबीको साइजमा मात्र पठाउन सक्छन् ।

यदि तोकिएको क्षमता भन्दा ठूलो साइजको अट्याचमेन्टसहितको ईमेल पठाउनुपरेमा भने उनीहरुले गूगल ड्राइभ प्रयोग गर्नुपर्ने हुन्छ ।

जीमेललाई तुलना गर्दा अर्को ईमेल प्लेटफर्म याहू ईमेलसँग २२८ मिलियन मासिक यूजर्स छन भने एओएल मेल र हटमेल त त्यो भन्दा निकै साना रहेका छन् ।

यो सर्वसाधारण प्रयोगकर्ताहरुको लागि अझैसम्म निशुल्क उपलब्धछ भएपनि इन्टरप्राइज उत्पादनहरु जसमा प्रिजेन्टेशन तथा वर्ड प्रोसेसिंग सफ्टवेयरहरुको लागि भने शुल्क भुक्तानी गर्नुपर्दछ ।

स्थापनाको समयमा अप्रिल फुलको रुपमा स्थापना गरिएको सम्झिएको जीमेल उपयोगी र लोकप्रिय प्रडक्टको रुपमा रहेको छ ।

जीमेल लन्च भएको १ वर्षपछि कम्पनीले गूगल म्याप लन्च गरेको थियो, जून अहिले पहिलो स्थानको म्याप सर्भिसको रुपमा वेबमा उपलब्ध छ । त्यसपछि गूगलले एन्ड्रोयड र यूट्यूब ल्यायो भने क्रोम ब्राउजर तयार पार्यो ।

यो सबैको पछाडि भने जीमेल सेवाको सफलता रहेको बताईएको छ । विश्लेषकहरुका अनुसार यदि जीमेल लन्च असफल भएको भए अहिले यी विभिन्न सेवाहरु आउन सक्दैन थिए ।

जीमेलले आफूलाई पछिल्ला दिनहरुमा परिस्कृत बनाउँदै लगेको छ जसले गर्दा कम्पनीले नयाँ नयाँ फीचरहरु दिईरहेको छ भने यूजर्सलाई आफ्नो निजी जानकारी तथा सूचनाहरु सुरक्षित र गोप्य रहेको प्रमाणित समेत गरिरहेको छ ।

Sajilo Visa

प्रकाशित: १८ चैत्र २०७५, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार