चीनको सांघाईमा फाइभजी सेवा शुरु, सिमकार्ड परिवर्तन नगरी चलाउन सकिने

Technology Khabar १७ चैत्र २०७५, आईतवार

चीनको सांघाईमा फाइभजी सेवा शुरु, सिमकार्ड परिवर्तन नगरी   चलाउन सकिने

काठमाडौं ।

काठमाडौं । चीनको सांघाई शहरले विश्वमा पहिलो फाइभजी कभरेज भएको शहर भएको घोषणा गरेको छ । चीनको सरकारी पत्रिका चाइना डेलीकाअनुसार सांघाईले फाइभजी कभरेज तथा ब्रोडब्याण्ड गीगाबिट नेटवर्क भएको विश्वको पहिलो शहर भएको दाबी गरेको हो ।

साघांईले ५जी कभरेज तथा ब्रोडब्याण्ड गीगाबिट नेटवर्कका लागि ५जी नेटवर्क परिक्षणलाई चीनको सरकारी दूरसंचार कम्पनी चाइना मोबाइलको समर्थन प्राप्त थियो । यसको आधिकारिक परिचालन सांघाईको हांगकोउमा शनिवार शुरु गरिएको थियो । पुरै कभरेज सुनिश्चित गर्नका लागि सो शहरमा बिगत ३ महिनादेखि ५जी बेस स्टेशन लगाउँदै आईएको रिपोर्टमा उल्लेख छ ।

सो पत्रिकाकाअनुसार सांघाईका उप मेयर वु क्विंगले फाइभजी फोल्डेबल फोन ह्वावे मेट एक्सद्धारा ५जी नेटवर्कमा पहलिो भिडियो कल गरेका थिए । सो पत्रिकाकाअनुसार फाइभजी नेटवर्क पुरै सुचारु भएपछि उपभोक्ताहरुले सिमकार्ड परिवर्तन नगरीकन नै ५जी सेवा प्रयोग गर्न सक्नेछन् ।

सो शहरले यो वर्षको अन्त्यसम्मा १० हजार वटा फाइजी बेस स्टेशनहरु लगाउने लक्ष्य राखेको छ भने सन् २०२१ भित्र ३० हजार बेस स्टेशन बनाउने योजना लिएको छ ।

गएको फेब्रुअरीमा सांघाईले होंगक्विओ रेलवे स्टेशनमा ५जी उपलब्ध गराउने कार्यक्रम घोषणा गरेको थियो, जहाँ प्रयोगकर्ताहरुले टाउन हल मिटिंगहरुको प्रत्यक्ष प्रशारण हेर्न सकुन् भन्ने अपेक्षा गरिएको थियो ।

पछिल्लो दिनमा चीनले फाइजी प्रविधिको लागि तिब्ररुपमा लगानी र परिक्षणहरु गरिरहेको छ ।

फाइभजी अघिल्लो पुस्ताको सेल्यूलर टेक्नोलोजी हो । जसमा फोरजीको तुलनामा १० देखि १०० गुणा तिब्र गतिको डाउनलोड स्पीड दिन्छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १७ चैत्र २०७५, आईतवार

ताजा समाचार