अमेजनका मालिकको मोबाइल ह्याक, साउदी अरबमाथि डाटा चोरेको आरोप

Technology Khabar १७ चैत्र २०७५, आईतवार

अमेजनका मालिकको मोबाइल ह्याक, साउदी अरबमाथि डाटा चोरेको आरोप

काठमाडौं ।

काठमाडौं । ईकमर्श कम्पनी अमेजनका मालिक जेफ बेजोसको मोबाइल ह्याक गरिएको आरोप उनका अनुसन्धानकर्ताले लगाएका छन् । जेफको मोबाइलको निजी म्यासेज नेशनल एक्वायर ट्याबलोयडसम्म कसरी पुग्यो भनेर अनुसन्धान गर्नका लागि जेफले एक व्यवसायीक अनुसन्धानकर्तालाई नियुक्त गरेका थिए ।

यो अनुसन्धानकर्ताले यो विषयललाई साउदी अरबसँग जोडेर जानकारीहरु खुलासा गरेका छन् ।उनकाअनुसार अमेजनका मालिक जेफको मोबाइल ह्याक गरिएको छ र त्यसमा भएको जानकारीहरु सो पत्रिकालाई उपलब्ध गराईएको छ ।

बेजोसको तर्फबाट अनुसन्धान गर्न नियुक्त गेभिन डी बेकरले यो अनुसन्धान गरिरहेका छ की बेजोसको जानकारी कसरी नेशनल एक्वायर ट्याबलोयडसम्म पुग्यो भनेर ।

बेजोसले यो मामिलालाई वाशिंगटन पोष्टले साउदी पत्रकार जमाल खाशोज्जीको हत्याको समाचार कवरेजसँग जोडेर हेर्ने गरेका छन् । गत वर्ष अक्टोबर २ तारिखमा टर्कीको राजधानी इस्तानबुलको साउदी अरबको बाणिज्य दूतावासमा खाशोज्जीको हत्या भएको थियो ।

बेजोस वाशिंगटन पोष्टको पनि मालिक हुन् ।

हालै अनुसन्धानकर्ता बेकरले डेली बीस्ट वेबसाइटमा एक आर्टिकल लेख्दै उनले भने, हाम्रा जाँचकर्ताहरु तथा कयौं विशेषज्ञहरुले पुरै ईमान्दारीसँग यो मामिलाको जाँच गरेका छन र उनीहरुले यो भेटेकी साउदी अरबले बेजोसको मोबाइल डाटा ह्याक गरे, त्यसबाट उनको निजी जानकारीहरु निकाले ।

उनकाअनुसार साउदी सरकारले गत अक्टोबर महिनादेखि नै बेजोसलाई निशाना बनाईरहेका छन किनकी वाशिंगटन पोष्टले लगातार खाशोज्जीको हत्याको कभरेज गरिरहेको छ ।

बेजोसले फरबरीमा आफैंले नेशलन एक्वायरको माउ कम्पनी अमेरिकन मिडिया इंकमाथि आफूलाई ब्ल्याकमेल गरेको आरोप लगाएका थिए । बीबीसीबाट

Global Bank
easy care

प्रकाशित: १७ चैत्र २०७५, आईतवार

ताजा समाचार