दराजको ‘ब्राण्ड डे’ मा टाइटनका उत्पादनमा २० प्रतिशत छुट

Technology Khabar १७ चैत्र २०७५, आईतवार

दराजको ‘ब्राण्ड डे’ मा टाइटनका उत्पादनमा २० प्रतिशत छुट

काठमाडौं ।

काठमाडौं । नेपालको अनलाइन शपिङ्ग प्लेटफर्म दराजले, आफ्नो ब्राण्ड डे शृंखला यही अप्रील १ तारिखका दिन प्रख्यात ब्राण्ड टाइटनका साथमा गर्ने भएको छ ।

एक दिनको लागि मात्र हुने यस ब्राण्ड डे मा उपभोक्ताहरुले अप्रील १ तारिखको मध्यरातदेखी राती २३ः५९ बजेसम्म दराजद्वारा टाइटनका खास अफरहरु उपयोग गर्न सक्ने बताईएको छ ।

उक्त अफर दराजको दराजमलमा रहित टाइटनको अधिकृत स्टोरमा मात्र लागू हुनेछ ।
ब्राण्ड डे मा टाइटनका सबै घडीहरुमा २० प्रतिशत छुट, निःशुल्क वितरण तथा २ हजार रुपैयाँसम्मको संग्रहणीय भाउचरहरु प्रदान गरिनेछ ।

विशेस गरी बिहानी १०ः०० बजे देखी दिउँसो ०२ः०० बजेसम्म टाइटनको खास मोडलहरुमा न्यूनतम ३० प्रतिशत छूट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

साथसाथै ५ हजार रुपैयाँ सम्मको कलेक्टीभ भाउचरहरु प्रदान गरिनेछ । त्यति मात्र नभई ५ भाग्यशाली उपभोक्ताहरुले २ हजार रुपैयाँको कलेक्टीभ भाउचरहरु जित्ने मौका पनि पाउनेछन् । त्यसका लागि उपभोक्ताहरुले दराजमा टाइटनको स्टोर फलो गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १७ चैत्र २०७५, आईतवार