टिसीएल ब्रान्डको ‘लकरमा भयंकर अफर’ योजना, २५ प्रतिशतसम्मको क्यास व्याक

Technology Khabar १७ चैत्र २०७५, आईतवार

टिसीएल ब्रान्डको ‘लकरमा भयंकर अफर’ योजना, २५ प्रतिशतसम्मको क्यास व्याक

काठमाडौं ।

काठमाडौं । नेपालको लागी टिसीएल ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०७६ लाई लक्षित गरि क्यास व्याक तथा ‘लकरमा भयंकर अफर’ ल्याएको छ ।

टिसीएल ब्रान्डले नयाँ वर्षलाई लक्षित गर्दै ग्राहक माझ आफ्ना घरायसी सामाग्रीहरुमा २५ प्रतिशतसम्मको क्यास व्याक प्रदान गर्ने भएको छ । यस वर्ष थप प्रिथक उपहार आयोजना पनि ल्याएको छ । जसलाई लकरमा भयंकर नामले जनाएको छ ।

यो योजनामा ४० ईन्च भन्दा माथिको स्मार्ट टिभी खरिद गर्नु पर्नेछ । उक्त खरिदपश्चात ग्राहकहरुले एउटा स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । ग्राहकले स्क्र्याच कार्डमा गिफ्ट अथवा की पाउनेछन् । की पाउने विजेताले स्क्र्याच कार्ड सुरक्षित राख्नुपर्नेछ र अन्त्यमा एक कार्यक्रम आयोजना गरि लकरमा भएको भयंकर उपहार प्राप्त गर्न सकिनेछ।

यो योजना चैत १५ देखि नेपालभर सिमित अवधिका लागी संचालन गरिने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: १७ चैत्र २०७५, आईतवार

ताजा समाचार