एक चार्जमा २०० माइल प्रति घण्टा कुद्ने इलेक्ट्रीक बाइक लन्च

Technology Khabar १५ चैत्र २०७५, शुक्रबार

एक चार्जमा २०० माइल प्रति घण्टा कुद्ने इलेक्ट्रीक बाइक लन्च
Global IME Bank

काठमाडौं ।

काठमाडौं । लाइटनिंग मोटरसाइकल्सले इलेक्ट्रीक बाइक लन्च गरेको छ । कम्पनीले निकै महिनादेखि यो इलेक्ट्रीक बाइकको टीज गरिरहेको थियो ।

क्यालिफोर्नियामा आधारित कम्पनीले धेरै फिचरहरुका साथ नयाँ इलेक्ट्रीक स्पोर्टी बाइक लन्च गरेको हो ।

कम्पनीकाअनुसार स्ट्राइक इलेक्ट्रीक मोटरसाइकल २०० माइल प्रति घण्टाको रेन्जसम्म कुद्न सक्दछ । यो बाइकले केबल ३५ मिनेटको डिसी फास्ट चार्जमा १५० माइलको गति लिन सक्दछ । तर यो बाइक यसअघि कम्पनीले बजारमा ल्याएको एलएस १२८ मोडलको २१८ माइल्स प्रति घण्टाभन्दा कम क्षमताको हो ।

नयाँ बाइकमा सहजरुपमा बाइक चलाउन किसिमले बनाईएको छ भने यसको बजार मूल्य न्यूनतम १२ हजार ९९८ अमेरिकी डलर तोकिएको छ । त्यसैगरि यो बाइकको २० किलोवाट ब्याट्री क्षमता भएको भेरिएन्टको मूल्य १९ हजार ९९८ अमेरिकी डलर छ । स्ट्याण्डर्ड स्ट्राइक भर्सनको बाइकमा भने केबल १० किलोवाट ब्याट्री क्षमता छ । यसको तीन भर्सन बजारमा आउनेछ र सबैमा लिक्विड कूल्ड मोटर प्रयोग गरिएको छ भने पावर, स्पीड र ब्याट्री क्षमता फरक छ ।

स्ट्याण्डर्ड स्ट्राइक भर्सनको बाइक चार्ज गर्नका लागि ११० भोल्टमा एक रात लाग्दछ ।

स्पोर्टीलूकमा रहेको यो बाइकमा एरोडाइनामिक इफिसिएन्सी छ । यो इलेक्ट्रीक बाइक आगामी जूलाईदेखि बजारमा डेलिभरी हुनेछ ।

Sajilo Visa

प्रकाशित: १५ चैत्र २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया