फाइभजी फ्रिक्वेन्सी किन्नका लागी जर्मनीमा १ बिलियन यूरोको बोली

Technology Khabar १४ चैत्र २०७५, बिहीबार

फाइभजी फ्रिक्वेन्सी किन्नका लागी जर्मनीमा १ बिलियन यूरोको बोली

काठमाडौं । जर्मनीले गरेको फाइभजी अक्सनमा १ बिलियन यूरोभन्दा धेरैको बोली लागेको छ । जर्मन फेडेरल नेटवर्क एजेन्सीले ५जी (5G) स्पेक्ट्रमको अक्सनको ७५ औं चरणका लागि चार टेलिकम कम्पनीहरुले १.०३ बिलियन यूरो अफर गरेका हुन् ।

जर्मनीमा २ गीगाहर्ज फ्रिक्वेन्सी रेन्जको लागि भोडाफोन, डयच टेलीकोम, वान एण्ड वान, र टेलिफोनीकाले बोलकबोलमा सहभागीता जनाएका थिए । सो बोलकबोलमा सबैभन्दा धेरै बोली भोडाफोनले लगाएको छ ।

भोडाफोनले २ गीगाहर्ज फ्रिक्वेन्सीको लागि ५८.९ मिलियन यूरो बोली लगाएको छ भने त्यसपछि डयच टेलीकोमले विभिन्न ब्लकहरुका लागि ५४.१ मिलियन यूरो, एउटा मात्र ब्लकको लागि वान एण्ड वानले ५३.५ मिलियन यूरो तथा टेलिफोनीकाले अधिकतम ३८.२ मिलियन यूरो बोली लगाएका हुन् ।

त्यसैगरी ३.६ गीगाहर्ज फ्रिक्वेन्सी रेन्जका लागि टेलिफोनीका जर्मनीले सबैभन्दा धेरै २६.८ मिलियन यूरो एउटा ब्लकका लागि खर्च गर्न तयार रहेको छ भने त्यसपछि डयच टेलिकोमले २६.२ मिलियन यूरो दुईवटा ब्लकका लागि बोली लगाएको छ । भोडाफोनले यहि फ्रिक्वेन्सीका लागि २६ मिलियन यूरो विभिन्न ब्लकहरुका लागि तथा वान एण्ड वान कम्पनीले ८.६ मिलियन यूरोको बोली लगाएको छ ।

पहिलो दिनमा मात्रै ५जी स्पेक्ट्रम अक्सनमा सहभागी चारवटा कम्पनीहरुले जम्मा ३३२ मिलियन यूरोको बोली लगाएका थिए । यो फाइभजी अक्सनमा ४१ वटा ब्लक बोलकबोलमा क्रमैसँग राखिएको छ जसमा बोलकबोलमा सहभागीहरुले विभिन्न ब्लकहरुमा सहभागीता जनाउन सक्नेछन् ।

प्रत्येक ब्लकको लागि न्यूनतम कबोल रकम १.७ देखि ५ मिलियन यूरोको बिचमा तोकिएको छ । जर्मनीले यो फ्रिक्वेन्सीहरु बिक्री गरेर करिब ३ बिलियन यूरो आम्दानी गर्ने अनुमान गरिएको छ । एजेन्सी

TK Viber

प्रकाशित: १४ चैत्र २०७५, बिहीबार

Loading...