नबिल बैंकद्धारा नबिल नारी प्याकेजको शुरुवात, महिलाको लागि बचत र कर्जा सेवा

Technology Khabar १४ चैत्र २०७५, बिहीबार

नबिल बैंकद्धारा नबिल नारी प्याकेजको शुरुवात, महिलाको लागि बचत र कर्जा सेवा
Classic Tech

काठमाडौं । नबिल बैंकले नेपाली महिलाहरूको लागि पुर्ण सेवाहरु सहितको एक विशेष नारी प्याकेजको शुरूवात गरेको छ ।

महिलाहरुप्रती विशेष सम्मान दर्साउने क्रममा, नबिल बैंकले नबिल नारी कार्यक्रम अन्तर्गत तीनवटा नयाँ उत्पादनहरू शुरू गरेर महिलाहरूको लागि पूर्ण बैंकिङ सेवा प्रदान गर्ने शुरुवात गरेको छ । बैंकले अभिनेत्री प्रियङ्का कार्कीलाई नबिल नारीको अग्रणीको रुपमा नियुक्त गरेको छ ।

बैंकले नेपाली महिलाहरुलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै नेपालमा महिला उद्यमशिलताको विकास गर्नको लागि आवस्यक पर्ने सबै वित्तिय आवस्यकता पुरा गर्नका लागि “नबिल नारी” अन्तर्गत नबिल प्रिमियम नारी बचत, नबिल नारी कर्जा र नबिल लघुउद्यम कर्जा जस्ता बचत खाता तथा कर्जा सेवाहरुको शुरुवात गरेको छ ।

नबिल प्रिमियम नारी बचतमा आकर्षक विशेषताका साथै नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ), क्रेडिट कार्ड (स्थानिय र अन्तराष्ट्रिय) डिमाण्ड ड्राफ्ट/स्विफ्ट ट्रान्सफर, लकर आदी जस्ता विशेष सुविधा सहितको प्रतिस्पर्धि वार्षिक ४.७५ प्रतिशत ब्याजदरमा खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

त्यसका साथै बैंकले “नबिल नारी कर्जा” महिलाहरुको लागि प्रस्ताव गरेको बिशेष एसएमई कर्जा हो । यसले महिलाहरुको उद्यमशिलताको प्रयासमा सहयोग गर्नको लागि वार्षिक ९.९९ प्रतिशतको प्रतिस्पर्धि ब्याजदरमा कर्जा प्रवाह गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘हाम्रा नारीहरुको लागि प्रदान गरिएको बैंकिङ सुबिधाले सबै नेपाली महिलाहरुलाई आफ्नो सुरक्षित भविष्यको लागि अगाडी बढ्न, महिला उद्यमीहरुलाई आÏनो प्रगति र विकासमा लगानी गरी आफु तथा आफ्नो परिवारका साथै ठुलो संख्यामा रहेको हाम्रो समाजलाई सबल बनाउने काममा अगाडी बढ्न प्रोत्साहन गर्नेछ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ ।’

नबिल बैंकले ७५ शाखाहरु, १२८ एटिएम काउण्टर, १५०० भन्दा बढी रेमिट एजेण्ट सहित सेवा प्रदान गरिरहेको जनाएको छ ।

TK Viber

प्रकाशित: १४ चैत्र २०७५, बिहीबार

Loading...