एचएच बजाजको नयाँ शोरुम तनहुँमा

Technology Khabar १४ चैत्र २०७५, बिहीबार

एचएच बजाजको नयाँ शोरुम तनहुँमा
NTC_Advt

तनहुँ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम शुभेक्छा अटो वक्र्स तनहुँको दुलेगौँडामा संचालनमा ल्याएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने बताएको छ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।

नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका एक्जुकेटिभ डाइरेक्टर आयुषमान गोल्छाले भने, ‘हामी तनहुँमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले तनहुँमा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै तनहुँका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।’

प्रकाशित: १४ चैत्र २०७५, बिहीबार