एकसय मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन ल्याउँदै लेनोभो

Technology Khabar १४ चैत्र २०७५, बिहीबार

एकसय मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन ल्याउँदै लेनोभो

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर लेनोभोले आफ्नो अपकमिंग स्मार्टफोन लेनोभो जेड ६ प्रोको बारेमा जानकारीहरु शेयर गरेकोछ । कम्पनीले हालै टीजरमार्फत सो स्मार्टफोनको फिचरहरुको बारेमा जानकारी दिएको हो ।

कम्पनीको टीजर हेर्दा यो स्मार्टफोनमा १०० मेगापिक्सेलको रिजोल्यूशन भएको क्यामरा हुने अनुमान गरिएको छ । हालसम्म १०० मेगापिक्सेलको रिजोल्यूशनसहितको क्यामरा कुनैपनि स्मार्टफोनमा उपलब्ध छैन् ।

तर यसअघि केहि चिनियाँ कम्पनीहरुले मल्टिपद शट्सलाई एउटै सिंगल फ्रेममा राख्ने प्रविधिअनुसार ४८ मेगापिक्सेलसम्मको क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरिसकेका छन् । त्यसैले लेनोभोले पनि मल्टिपल शट्सलाई एउटा सिंगल फ्रेममा जोडेर ठूलो इमेज बनाउने प्रविधिअनुसार १०० मेगापिक्सल क्यामरा भएको स्मार्टफोन ल्याउन लागेको अनुमान छ ।

हालै आएको रिपोर्टअनुसार कम्पनीले १०० मेगापिक्सेल रिजोल्यूशन भएको फीचरलाई चिनियाँ भाषामा ह्याशट्याग लगाएर त्यसको बारेमा केहि जानकारी दिएको छ । चिनियाँ भाषामा लेखिएको सो ह्याशट्यागको अर्थ बिलियन पिक्सेल हुन्छ र एक बिलियन पिक्सेल १०० मेगापिक्सेलको बराबर हुन्छ ।

यसबाहेक कम्पनीले जेड ६ प्रोमा हाइपर भिजन सेन्सर टेक्नोलोजी हुने बताईरहेको छ, जसले मोबाइल डिभाइसको इमेज र भिडियो परफर्मेन्समा नयाँ सिर्जना हुनेछ ।

यसअघि लेनोभोले सबैभन्दा पहिलो फाइभजी स्मार्टफोन लेनोभो जेड ५ प्रो जीटी लन्च गरेको थियो । सो स्मार्टफोनमा स्न्यापड्रागन ८५५ प्रोसेसर तथा १२ जीबीको र्याम राखिएको थियो ।

कम्पनीले नयाँ स्मार्टफोनमा पनि त्यस्तै प्रकारको अत्याधुनिक स्पेक राख्ने अनुमान छ ।

Global Bank
easy care

प्रकाशित: १४ चैत्र २०७५, बिहीबार

ताजा समाचार