सामसंगको ग्यालेक्सी एप स्टोर भारतीय यूजर्सका लागि क्षेत्रिय भाषामा उपलब्ध

Technology Khabar १३ चैत्र २०७५, बुधबार

सामसंगको ग्यालेक्सी एप स्टोर भारतीय यूजर्सका लागि क्षेत्रिय भाषामा उपलब्ध

काठमाडौं ।

काठमाडौं । सामसंगले नयाँ ग्यालेक्सी एप स्टोर भारतीय यूजर्सका लागि लन्च गरेको छ । कम्पनीले भारतका विभिन्न भाषामा एप स्टोर लन्च गरेको हो ।

सामसंगले भारतका १२ विभिन्न भाषाहरुमा एप डाउनलोड गर्ने अप्सन दिएको छ । कम्पनीले यसको लागि इण्डस एप बजारसँग साझेदारी गरेको बताईएको छ ।

सो एप स्टोर हिन्दी, अंग्रेजी, उर्दु, बंगाली, तामिललगायतका विभिन्न १२ क्षेत्रिय भाषामा उपलब्ध छ । यो एप स्टोरबाट यूजर्सलाई निशुल्क डाउनलोडको सुविधा पनि छ, जसको लागि यूजर्सले साइन इन गर्नुपर्ने हुन्छ ।

सामसंग इण्डियाका सर्भिसका सिनियर डाइरेक्टर संजय राजदानले भारतीय यूजर्सलाई कम्पनीले बुझेको र यूजर्स लगातार बढिरहेको हुँदा यो एप स्टोर ल्याएको बताए । उनले स्थानिय भाषामा एप्लिकेसनको बढ्दो मागलाई पुरा गर्न सो एप स्टोर ल्याएको स्पष्ट पारे ।

Sajilo Visa

प्रकाशित: १३ चैत्र २०७५, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार