ब्याप्को लुब्रिकेन्ट्स नेपाली बजारमा उपलब्ध

Technology Khabar १२ चैत्र २०७५, मंगलवार

ब्याप्को लुब्रिकेन्ट्स नेपाली बजारमा उपलब्ध

काठमाडौं ।

काठमाडौं । एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको नेपालका लागी आधिकारिक बिक्रेताका रुपमा नियुक्त भएको छ ।

बिक्रेतामा नियुक्त भएसँगै बहराइन पेट्रोलियम कम्पनीको यो लुब्रिकेन्ट्सलाई एलआर मोटर्सले नेपालभर बिक्री–वितरण गर्न शुरु गरेको छ । बहराइन सरकारको स्वमित्व रहेको ब्याप्को उच्च गुणस्तरको लुब्रिकेन्ट्सका रुपमा बिश्वभर प्रख्यात छ ।

नेपाली बजारमा यसको अटोमोटिभ र इन्डस्ट्रियल गरी दुवै सेग्मेन्टका लुब्रिकेन्ट्स उपलव्ध गराइएको उक्त मोटर्सकी प्रवन्ध निर्देशक लक्ष्मी झाले बताइन् । ‘यसमा भएको बिशेष गुणका कारण यो लुब्रिकेन्ट्स प्रयोग भएको सवारीसाधनले राम्रो पर्फमेन्स दिनुको साथै इन्जिनको आयु समेत बढाउँछ,’ उनले भनिन् ।

नेपाली बजारमा यसको पूर्ण सिन्थेटिक, सेमी सिन्थेटिक र मिनरल बेशका लुब्रिकेन्ट्स उपलव्ध गराइएको छ । ब्याप्कोलाई बिश्व प्रख्यात अटोमोबाइल ब्राण्ड मर्सिडिज, पोर्से, भल्भो र क्युमिन्स लगायत ब्रान्डले समेत ओईएममा प्रयोग गर्न सिफारिस गरेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १२ चैत्र २०७५, मंगलवार