Technology Khabar १२ चैत्र २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले आफ्नो एमआई सिरिजमा नयाँ नोटबुक थप गरेको छ । कम्पनीले हालै एमआई नोटबुक एयर लन्च गरेको हो ।
हाल चीनमा मात्र उपलब्ध यो ल्यापटप इन्टेलको आठौं पुस्ताको प्रोसेसरका साथमा आउँछ । यसअघि मात्रै कम्पनीले इन्टेल सेभेन्थ जेनेरेशनको प्रोसेसरका साथमा नोटबुक एयर गत डिसेम्बरमा लन्च गरेको थियो ।
हाल लन्च गरिएको एमआई नोटबुक एयरमा १२.५ इन्चको डिस्प्ले छ जसको रिजोल्यूशन १०८० ह १९२० पिक्सेल रहेको छ । ल्यापटपमा ५.७१ एमएमको बेजेल रहेको छ । ब्याक लीट कीबोर्डसहित आउने यो नोटबुकमा कम्पनीले हर्मन स्पीकर्स प्रयोग गरेकोछ, जसमा डिटिएस सराउण्डिंग साउण्ड क्षमताछ ।
कम्पनीले यसलाई दुई भेरिएन्टमा सार्वजनिक गरेको छ । पहिलो ४जीबी र्याम तथा १२८जीबी वा २५६ स्टोरेज भएको भेरिएन्ट हो जसमा एम३ प्रोसेसर रहेको छ । यो ल्यापटपको मूल्य क्रमशः ३,५९९ यूआन तथा ३,९९९ यूआन रहेको छ । त्यस्तै कम्पनीले इन्टेल कोर आइ फाइभ मोडलमा ४ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरिएन्ट पनि ल्याएको छ जसको मूल्य ४,२९९ यूआन तोकिएको छ ।
यो ल्यापटपको प्रि अर्डर यहि मार्च २८ तारिखदेखि शुरु हुने बताईएको छ । यो चीनभन्दा बाहिर कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।
प्रकाशित: १२ चैत्र २०७५, मंगलवार