Technology Khabar १२ चैत्र २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । सामसंगले ए सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी ए ७० सार्वजनिक गरेको छ । कम्पनीले यो स्मार्टफोनमा ट्रिपल रियर क्यामरा सेटअप तथा शक्तिशाली ब्याट्री पावर राखिएको छ । कम्पनीले यसमा इनडिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि राखेको छ ।
यो स्मार्टफोनमा वाटरड्रप नोच ६.७ इन्चको फूल एचडी प्लस सूपर एमोलेड डिस्प्ले राखिएको छ जसमा इन्फिनिटी यू डिजाइन दिईएको छ ।
फोनमा फोटोग्राफीका लागि ट्रिपल रियर क्यामरा तथा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यसमा ३२ प्लस ८ प्लस ५ मेगापिक्सेलको रियर क्यामरा सेटअप छ ।
फोनमा ६ जीबी तथा ८ जीबी र्याम अप्सन छ भने आन्तरिक स्टोरेज १२८ जीबी तोकिएको छ । यसमा अक्टा कोर प्रोसेसर राखिएको छ तर यसको बिस्तृत जानकारी छैन् ।
फोनमा पावरको लागि ४,५०० एमएएचको ब्याट्री ब्याकअप छ भने २५ वाटको फास्ट चार्जिंग फीचर राखिएको छ ।
एन्ड्रोयड ९ पाईमा आधारित वान यूआई स्किनका साथमा उपलब्ध हुने यो फोनमा ब्ल्याक, ब्लू, कोरल र ह्वाइट कलर अप्सनमा आउने छ ।
कम्पनीले यो फोनको मूल्य तथा उपलब्धता बारेमा बिस्तृत जानकारी आगामी अप्रिलमा १० मा हुने इभेन्टमा दिने अनुमान गरिएको छ ।
यसअघि कम्पनीले सन् २०१९ मा रिफ्रेश गरेको ए सिरिज लाइनअपमा ग्यालेक्सी ए१०, ए३० र ए५० लन्च गरिसकेको छ ।
प्रकाशित: १२ चैत्र २०७५, मंगलवार