यी हुन् एप्पलले ल्याएका नयाँ सर्भिस, क्रेडिट कार्डदेखि न्यूज सब्सक्रिप्सनसम्म

Technology Khabar १२ चैत्र २०७५, मंगलवार

यी हुन् एप्पलले ल्याएका नयाँ सर्भिस, क्रेडिट कार्डदेखि न्यूज सब्सक्रिप्सनसम्म

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी एप्पलले अब आफ्नो ध्यान सर्भिस सेक्टरमा केन्द्रित गर्दै लगेको छ । यहि सर्भिस सेक्टरसँग जोडिएका विभिन्न प्रडक्ट तथा सर्भिसहरु कम्पनीले लन्च गरेको छ ।

कम्पनीले मार्च २५ तारिखमा आयोजना गरेको इभेन्टमा पेड भिडियो सब्सक्रिप्सन, प्रिमियम म्यागाजिन, एप्पल न्यूज प्लस, एप्पल आर्केड तथा एप्पल कार्ड लन्च गरेको छ ।

कम्पनी प्रिमियम गेमिंग सर्भिस एप्पल आर्केडको बारेमा पनि जानकारी दिएको छ ।

एप्पल टिभी प्लस भिडियो सब्सक्रिप्सन सर्भिस

एप्पल टिभी प्लस भिडियो स्ट्रीमिंग सर्भिस हो जसमा एक्सक्लूसिभ कन्टेन्ट दिनेछ जसमा टेलिभिजन सिरिज, मूभी, ड्रामा तथा डकुमेन्ट्री लगायतका विषयहरु राखिएका छन् । यसको लिस्टमा विभिन्न हलिउड कलाकारहरुलाई पनि जोडिएको छ, जसमा विनफ्रे, स्टीभन स्पिलबर्गलगायत छन् ।
यसमा विज्ञापनरहित शोहरु देखाईनेछ भने यो १०० भन्दा बढि देशहरुमा उपलब्ध हुनेछ ।

एप्पल न्यूज
एप्पलले विभिन्न समाचारहरु एकै स्थानबाट हेर्न सकिने पेड न्यूज सब्सक्रिप्सन लन्च गरेको छ जसलाई हाल अमेरिका र क्यानाडामा मात्र उपलब्ध गराईएको छ भने बेलायत र अष्ट्रेलियामा यो वर्षभित्र उपलब्ध हुनेछ । यो सर्भिस ९.९९ अमेरिकी डलर तिरेर लिन सकिनेछ ।

एप्पल न्यूजमा ३०० भन्दा बढि पब्लिकेसनका सामाग्रीहरु पढ्नसकिनेछ । यसमा भोग, नेशनल जियोग्राफी म्यागाजिन, पिपुल, एली, दि वाल स्ट्रीट जर्नललगायतका प्रतिष्ठित पत्रपत्रिकाहरु छन् ।

एप्पल कार्ड
यो नयाँ किसिमको क्रेडिट कार्ड हो जसलाई गोल्डम्यान स्याक्ससँगको साझेदारीमा ल्याईएको हो । यो यूजरको वालेट एपसँग जोडिनेछ जसलाई आइफोन तथा आइप्याडको सहयोगबाट प्रयोग गर्न सकिन्छ ।

एप्पलकाअनुसार यसको लागिग यूजर्ससँग कुनैपनि किसिमको रकम लिईनेछैन् । यूजर्सले यसलाई नियमितरुपमा भुक्तानीको लागि प्रयोग गरेमा उनीहरुलाई क्यासब्याक सुविधा पनि उपलब्ध हुनेछ । एप्पल कार्डमा प्रयोगकर्ताले कति रकम केमा खर्च गर्यो भन्ने जानकारी पनि मोबाइलमा नै उपलब्ध हुनेछ ।

एप्पल आर्केड
यो गेमिंगसँग जोडिएको सेवा हो । जसमा गेमर्सका लागि शुल्क तिरेर लिन सकिने सेवा दिईनेछ । एप स्टोरमा यसको लागि छुट्टै ट्याब पनि दिईनेछ जहाँ यूजर्सका लागि कयौं प्रकारको गेम उपलब्ध हुनेछ । यो केबल कम्पनीको डिभाइसहरुमा मात्र सिमित हुनेछ जसमा आईओएस, म्याकओएस र टिभीओएस छन् । यसमा यूजर्सले एक पटक डाउनलोड गरेर अफलाइन पनि खेल्न सक्नेछ ।

easy care

प्रकाशित: १२ चैत्र २०७५, मंगलवार

ताजा समाचार