पोकोफोन एफ वानमा गेम टर्बो फीचर आयो, गेम खेल्दै अन्य एप्स चलाउन सकिने

Technology Khabar ११ चैत्र २०७५, सोमबार

पोकोफोन एफ वानमा गेम टर्बो फीचर आयो, गेम खेल्दै अन्य एप्स चलाउन सकिने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले यसअघि एमआई ९ लन्च गर्दा घोषणा गरेको गेम स्पीड बुस्टर फीचर आफ्नो अर्को फोन पोकोफोनमा पनि उपलब्ध गराएको छ ।

साओमीको सब ब्राण्ड पोकोफोनको पोकोफोन एफ वान Pocophone F1 मा कम्पनीले सोहि फीचरलाई नयाँ नाममा ल्याएको हो । कम्पनीले यसलाई गेम टर्बो (Game Turbo) फीचर भनेको छ ।

यसको नाम जस्तै यो फीचरले गेमिंग अनुभवलाई उत्कृष्ट बनाउनेछ । जसले सबै उपलब्ध सोर्सलाई प्रयोग गर्नेछ । यसले स्मार्टफोनको सिपीयू र जीपीयूको पावरलाई वृद्धि गर्दै गेम खेलिरहेको बेला बिना कुनै बाधा सहजता दिनेछ ।

पोकोफोन एफ वानमा आएको गेम टर्बोले यसका साथै स्मार्टफोनको मेमोरीलाई पनि खालि गराउँछ । त्यस्तै गेम खेलिरहँदा पनि स्क्रीनसट लिन, रेकर्डिंग गर्न र वाईफाई खोल्न वा बन्द गर्न तथा सिम कार्डहरु परिवर्तन गर्ने सुविधा दिन्छ ।

अझ रोचक भनेको तपाईँले ह्वाट्सएप, फेसबुक र ब्राउजरहरु पनि गेम खेलिरहँदा प्रयोग गर्न सक्नुहुन्छ ।

यो फीचर केबल एमआईयूआई ग्लोबल बीटा यूजर्सका लागि मात्र उपलब्ध छ ।

Sajilo Visa

प्रकाशित: ११ चैत्र २०७५, सोमबार

तपाइको प्रतिक्रिया