Technology Khabar ११ चैत्र २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । नेपाल टेलिकमले आफ्नै मोबाइल नेटवर्कमा कुराकानी गर्ने ग्राहकहरुका लागि भनेर छुटै सेवा संचालन गरिरहेको छ । यो सेवा अन्तरगत विभिन्न ५ वटा मोबाइल नम्बरमा सस्तो दरमा नियमित कुराकानी गर्न सकिन्छ, जसलाई टेलिकमले फ्रेण्डस एण्ड फ्यामिली नाममा सो सेवा दिईरहेको छ । यो सेवा लिने तरिका यस्तो छ ।
नेपाल टेलिकमको मोबाइलबाट विभिन्न ५ नम्बरमा सस्तो दरमा कल गर्न सकिने Friends and Family (FNF) सुविधा लिनका लागि के गर्नु पर्छ ?
नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलबाट कम्पनीकै नेटवर्कभित्रका ५ वटा नम्बरमा कल गर्दा सस्तो दरमा कल गर्न सकिने सुविधा छ । यसलाई Friends and Family (FNF) सुविधा भनिन्छ ।
यो सुविधा अन्तर्गत GSM Prepaid मोबाइलबाट नेपाल टेलिकमको नेटवर्कभित्रका कुनै ५ वटा नम्बरमा कल गर्दा प्रति मिनेट ७० पैसा मात्र महसुल लाग्छ ।
ग्राहकले Friends and Family (FNF) सुविधा लिनका लागि शुरुमा FNFSUB*MDN लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ । यहाँ MDM भन्नाले नेपाल टेलिकमको नेटवर्कभित्रका टेलिफोन नम्बर बुझिन्छ । त्यसैगरी अन्य थप ४ वटा नम्बर पनि क्रमशः थप्नका लागि FNFADD*MDN लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ । एक पटकमा एउटा मात्र नम्बर एसएमएस गर्नुपर्छ ।
GSM postpaid सेवाबाट पनि ५ वटा नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको छ । ती नम्बरमा कल गर्दा प्रति मिनेट ५५ पैसा मात्र महसुल लाग्ने छ । यो सुविधा लिनका लागि FNF पछि Space राखि क्रमशः ५ वटा नम्बरहरु लेखेर १४०० मा SMS पठाउनु पर्छ ।
For Subscription : Type FNF<space>Number1< s p a c e >Number2 <space>Number 3<space>Number4<space>Number5 and send to 1400
CDMA Prepaid/postpaid सेवामा पनि उपरोक्त Friends and Family सुविधा उपलब्ध छ । CDMA Prepaid सेवामार्फत Friends and Family सुविधा लिएका नम्बरहरुमा कल गर्दा अब प्रति मिनेट ७० पैसा र CDMA Postpaid सेवामार्फत यो सुविधा लिएका नम्बरहरुमा कल गर्दा प्रति मिनेट ५५ पैसा महसुल लाग्छ । CDMA Prepaid/postpaid सेवामा पनि माथि उल्लेखित GSM Prepaid सेवामा जस्तै गरी सुविधा लिन सकिन्छ । यी वाहेक ‘नेपाल टेलिकम’ एपको प्रयोग गरेर पनि सिधै यो सुविधा लिन सकिन्छ ।
– महसुल दरमा नेपाल सरकारको नियमानुसार लाग्ने कर थप हुनेछ।
– यो सुविधा लिएवापत थप कुनै शुल्क लाग्दैन ।
SN | Description |
1 | For Subscription : FNFSUB*MDN |
2 | To add FNF member : FNFADD*MDN (1 MDN at a time) |
3 | To modify FNF member : FNFMOD*OLD MDN*NEW MDN |
4 | To delete FNF member : FNFDEL*MDN |
5 | To Inquiry FNF member : FNFINQ |
And Send SMS to 1415
प्रकाशित: ११ चैत्र २०७५, सोमबार