स्प्यारो एसएमएस दशौँ वर्षमा, डेढ करोड सेवाग्राहीलाई सेवा प्रदान

Technology Khabar ११ चैत्र २०७५, सोमबार

स्प्यारो एसएमएस दशौँ वर्षमा, डेढ करोड सेवाग्राहीलाई सेवा प्रदान

काठमाडौं ।

काठमाडौं । मोबाईल मेसेजिङ सेवा मार्फत मानिसमाझ सूचना प्रवाह गर्दै आएको कम्पनी स्प्यारो एसएमएस नौ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले डेढ करोड बढी प्रयोगकर्तालाई एसएमएस सेवा प्रदान गर्न सफल भएको छ ।

हाल १८०० भन्दा बढी संस्था तथा कम्पनीहरुले स्प्यारो एसएमएसको बल्क एसएमएस (एकै पटक धेरैलाई एसएमएस पठाउने) सुविधा लिएर सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

जानकी टेक्नोलोजी प्रा. लि. ले यसरी एकै पटक धेरैलाई मोबाइल सन्देश पठाउने सेवा प्रदान गर्ने उद्देश्यका साथ सन् २०१० मा स्प्यारो एसएमएस सेवाको सुरुवात गरेको थियो ।

स्प्यारो एसएमएसले नेपालका विभिन्न सरकारी संस्थाहरू, स्थानीय सरकारहरू, बैंक र वित्तीय संस्थाहरू, विद्यालय तथा कलेजहरुका साथै नेपालका विभिन्न प्रसिद्ध ब्रान्डहरूलाई एसएमएस सेवा प्रदान गर्दै आएको छ ।

साथै, स्प्यारो एसएमएसले मोवाइलमा सन्देश पठाएर तरकारीको होलसेल र रिटेल मूल्य, वैदेशिक रोजगारीमा आफ्नो अनुमति पत्रबारे सूचना, विभिन्न परीक्षाको रिजल्ट लगायतका जानकारी उपलब्ध गराउँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।।

२०७२ वैसाखमा गएको विनासकारी भुकम्प र अन्य आपतकालिन क्षणमा पनि स्प्यारोले एसएमएस मार्फत तुरुन्तै सूचना प्रदान गरी उद्धार र राहत लगायतका कार्यमा योगदान पुर्याएको थियो ।

कम्पनीले केहि महिना अघि मात्रै यातायात व्यवस्था विभागसँग सहकार्य गरी सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको सुरुवात गरेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ११ चैत्र २०७५, सोमबार