Technology Khabar ११ चैत्र २०७५, सोमबार
काठमाडौं । एप्पलले यो वर्ष नयाँ आइफोन ल्याउँदैछ, जसको बारेमा अहिलेदेखि नै चर्चा शुरु भईसकेको छ । एप्पलको आइफोन ११ भनिने सो आइफोनमा कस्ता फीचर र डिजाइन हुनसक्छ भन्ने रिपोर्टहरु आएकाछन् ।
एप्पलको नयाँ आइफोन पहिलो पटक वायरलेस पावरसेयर सपोर्ट राखिने रिपोर्ट आएको छ । यस्तो प्रविधियुक्त फीचर यसअघि नै सामसंग र ह्वावेले आफ्ना डिभाइसहरुमा लन्च गरिसकेका छन् ।
सामसंगले हालै ग्यालेक्सी एस १० सिरिजमा वायरलेस चार्जिंग सेयर सपोर्ट फीचर राखेको छ भने ह्वावेको मेट २० प्रोमा यो सुविधा छ ।
एप्पलले पनि नयाँ प्रविधिलाई अबलम्बन गर्दै वायरलेस चार्जिंग सेयर सपोेर्ट ल्याउन लागेको बताईएको छ । यो फीचरको माध्यमद्धारा कुनैपनि एप्पलका अन्य डिभाइसहरु जसमा वायरलेस चार्जिंग फीचर छ त्यसलाई आइफोनमा राखेर चार्ज गर्न सकिन्छ । यो प्रविधिलाई रिभर्स चार्जिंग भनेर बुझिन्छ ।
अहिलेको आइफोनहरुमा फास्ट चार्जिंग सुविधा छैन भने यसमा ५ भोल्टको सामान्य चार्जर राखिएको छ । तर नयाँ आइफोनहरुमा कम्पनीले १८ वाटको पावर चार्जर तथा नयाँ चार्जिंग केबल प्रयोग गर्न सक्ने सो रिपोर्टमा उल्लेख छ । हाल यस्तै चार्जिंग सुविधा आइप्याड प्रोमा राखिएको छ ।
केहि दिनअघि मात्र एप्पलले वायरलेस चार्जिंग सुविधासहितको एयरपोडको अपडेटेड भर्सन लन्च गरेको थियो जसलाई नयाँ आइफोन ११ द्धारा पनि चार्ज गर्न सकिने हुन्छ ।
प्रकाशित: ११ चैत्र २०७५, सोमबार