सुविसुसँग भूकम्प प्रभावित जिल्लामा ईन्टरनेट पुर्याउन दिएको रकम असुल गर्नुपर्ने

Technology Khabar १० चैत्र २०७५, आईतवार

सुविसुसँग भूकम्प प्रभावित जिल्लामा ईन्टरनेट पुर्याउन दिएको रकम असुल गर्नुपर्ने

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सुबिसु केबल नेट प्रालिलाई भूकम्प प्रभावित ३ जिल्लाहरुमा ईन्टरनेट संचालन गर्न दिएको रकम असुल गर्नुपर्ने महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ ।

सुबिसुलाई दिएको रकममध्ये ईन्टरनेट सेवा संचालन नभएको स्थानको समेत भुक्तानी भएको भन्दै सो रकम असुल गर्नुपर्ने महालेखाको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार धादिंग, गोरखा र मकवानपुर जिल्लामा जडान गरेको ईन्टरनेटको अनुगमन गर्दा ५७९ ग्राहकमध्ये ३४७ स्थानमा मात्र संचालनमा रहेको देखिएको छ । २३२ स्थानहरुमा ईन्टरनेट नै संचालनमा नरहेको उल्लेख छ ।

त्यसैगरि परामर्शदाता कम्पनीले गरेको अनुगमनको प्रतिवेदनहरु पनि सम्बन्धित ईन्टरनेट जडान गरेको कार्यालयहरुबाट प्रमाणित नगरिएको सो प्रतिवेदनले औंल्याएको छ ।

महालेखाले सुबिसुले जडान गरेको सम्पूर्ण साइटहरु प्राधिकरण आफैंले अनुगमन गरि गुणस्तर र शर्तहरु पुरा गरेको तथा दोहोरो जडान नगरेको यकिन गर्न सुझाव समेत दिएको छ ।

त्यसै सुबिसुलाई भुक्तानी गरेको रकम १० करोड ३५ लाख ४० हजार १ सय ५८ रुपैयाँमध्ये ईन्टरनेट संचालनमा नरहेको २३२ स्थानको रकम असुल गर्नुपर्ने महालेखा प्रतिवेदनमा उल्लेख छ ।प्रतिवेदनमा ८ करोड २९ लाख ७५ हजार १ सय ८७ रुपैयाँ असुल गर्नुपर्ने लेखिएको छ ।

Sajilo Visa

प्रकाशित: १० चैत्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार