ह्वावेकै प्रमुख वित्तिय अधिकारीले प्रयोग गर्छिन प्रतिस्पर्धी एप्पलका डिभाइस

Technology Khabar १० चैत्र २०७५, आईतवार

ह्वावेकै प्रमुख वित्तिय अधिकारीले प्रयोग गर्छिन प्रतिस्पर्धी एप्पलका डिभाइस

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावे पछिल्लो दिनहरुमा निकै विवादमा छ । कम्पनीको प्रमुख वित्तिय अधिकारी मेंग वान्झाउलाई क्यानाडामा पक्राउ गरिएपछि सो कम्पनी निकै चर्चामा आयो । तर त्यससँगै पक्राउ परेकी मेंग वान्झाउले प्रयोग गर्ने डिभाइसको बारेमा नयाँ जानकारी पनि आएको छ ।

ह्वावेकी मेंगले आफ्नो कम्पनीका डिभाइसहरु प्रयोग नगरि अन्य कम्पनीको डिभाइस प्रयोग गरेको भेटिएको हो । उनले चिनियाँ टेक जायन्ट ह्वावेको विरोधी कम्पनी एप्पलका उत्पादनहरु प्रयोग गर्ने गरेको भेटिएको हो ।

जतिबेला अमेरिकाको अनुरोधमा क्यानाडाको प्रहरीले उनलाई डिसेम्बर १ तारिखमा भ्यानकुभर अन्तराष्ट्रिय एयरपोर्टमा पक्राउ गर्यो, त्यसबेला उनीसँग एप्पलका डिभाइसहरु रहेको रिपोर्ट बाहिर आएको छ । कम्पनीले त्यसबेला उनको आइफोन सेभेन प्लस, म्याकबुक एयर र आइप्याड प्रो जफत गरिएको कोर्टमा बुझाएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

उनको वकिलहरुले भने ती उत्पादनहरुमा स्टोर गरेर राखिएको डाटाहरुको आवेदन दिएका छन जून सिल गरीएको छ ।

ह्वावे आफ्ना कर्मचारीहरुले एप्पलका उत्पादन प्रयोग गर्ने विषयनमा निकै कडा रहेको छ । यसअघि कम्पनीका दुई कर्मचारीहरुले नयाँ वर्षमा ह्वावेको औपचारिक शुभकामना दिन आइफोन प्रयोग गरेको भन्दै उनीहरुको तलब काटेको थियो । त्यसैगरि अमेरिकासँगको सम्बन्ध र ह्वावेका उत्पादनहरुलाई प्रतिबन्ध लगाएपछि ह्वावेले कर्मचारीहरुलाई एप्पलका उपकरणहरु प्रयोगमा पूर्ण रोक लगाएको थियो । अब के ह्वावेका संस्थापक तथा पिता रेन झेंगफेईकी छोरी तथा प्रमुख वित्तिय अधिकृत मेंगलाई पनि सोहि प्रकारको कारबाही होला त ? भन्ने प्रश्न उठेकोे छ ।

मेंगको साथमा एप्पलका उत्पादनहरुका साथै आफ्नै कम्पनी ह्वावेले उत्पादन गरेको पोर्चे डिजाइनको मेट २० आरएस स्मार्टफोन मात्र थियो । त्यसैगरि उनीसँग स्क्यान फ्ल्यास ड्राइभ र केहि सिम कार्डहरु रहेको बताईएको छ ।

स्रोत

Global Bank
easy care

प्रकाशित: १० चैत्र २०७५, आईतवार

ताजा समाचार