एनालग प्रणालीमा टेलिभिजन संचालन गर्ने केबल कम्पनीको उपकरण जफत

Technology Khabar १० चैत्र २०७५, आईतवार

एनालग प्रणालीमा टेलिभिजन संचालन गर्ने केबल कम्पनीको उपकरण जफत

काठमाडौं । सरकारले एनालग टेलिभिजन प्रणाली बन्द गर्न नमान्ने केबल टेलिभिजन कम्पनीको उपकरण जफत गरेको छ ।

राष्ट्रिय प्रसारण नियमावलीअनुसार एनालग प्रणाालीमा संचालित केबल टेलिभिजनहरुलाई अनिवार्य रुपमा डिजिटल प्रणालीमा रुपान्तरण गर्ने व्यवस्था भएपनि सो गर्न नमान्ने केबल टिभीको उपकरण जफत गरेको हो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको टोलीले यहि चैत ५ गते सुनसरी जिल्लाका धरान केवल टिभी नेटवर्क प्रालि र पशुपति केवल नेटवर्क प्रालिको स्थलगत अनुगमन गरेको थियो । सो अनुगमनको क्रममा धरान केबल टिभी नेटवर्कले एनालग प्रणालीको टेलिभिजन संचालन गरिरहेको भेटिएको थियो ।

सो एनालग प्रणालीमा प्रयोग गरिएका उपकरणहरु जफत गरी कानूनी कारबाही अगाडि बढाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १० चैत्र २०७५, आईतवार

Comments are closed.

Loading...