फेसबुकले प्रयोगकर्ताको पासवर्ड असुरक्षित तरिकाले राखेको आरोप

Technology Khabar ८ चैत्र २०७५, शुक्रबार

फेसबुकले प्रयोगकर्ताको पासवर्ड असुरक्षित तरिकाले राखेको आरोप

काठमाडौं । फेसबुकको लाइट एप्स प्रयोगकर्तासहित लाखौं अन्य फेसबुक प्रयोगकर्ताको पासवर्ड सर्भरमा सामान्य अक्षर अर्थात प्लेन टेक्स्टमा असुरक्षित तरिकाले राखेको भेटिएको छ ।

फेसबुकका करोडौं प्रयोगकर्ताका पासवर्ड त्यहाँका २० हजार कर्मचारीले सजिलै प्रयोग गर्ने गरी उपलब्ध भएको एक नयाँ रिपोर्टले सार्वजनिक गरेको छ । डाटा सुरक्षाको यो कमजाेरी बारे सेक्युरिटी रिसर्चर ब्रेन क्रेब्सले दिएको जानकारीको आधारमा फेसबुकले एउटा ब्लगपोष्ट गर्दै सो विषय सहि भएको स्विकार गरेको हो । क्रेब्सकाअनुसार फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म प्लेन टेक्स्टकोरुपमा स्टोर गरेर राखेको थियो।

उनकाअनुसार सन् २०१२ मा बनाइएका फेसबुक अकाउन्टका पासवर्ड पनि सार्वजनिक भएको हुनसक्नेछ।

यहि विषयमा एक वक्तव्य जारी गर्दै फेसबुकले आन्तरिक नेटवर्कमा आफसे आफ पासवर्ड स्टोर हुने समस्या समाधान भइसकेको जानकारी दिएको छ। क्रेब्सको सो सूचनापछि फेसबुकका इन्जिनियर स्कट रेन्फ्रोले फेसबुकको आन्तरिक अनुसन्धानपछि ती पासवर्डहरुको कुनै दुरुपयोग भएको नभेटिएको बताएका छन् ।

फेसबुकले यो समस्याबारे गत जनवरीमा नियमितको सुरक्षा समिक्षाका बेला पत्ता लगाएको जानकारी दिएको छ ।

फेसबुकका पेड्रो कनाहौटीले भने ती कुनैपनि पासवर्डहरु फेसबुकभन्दा बाहिरका मानिसहरुका लागि उपलब्ध नभएको दाबी गरेका छन् । ‘यसले हाम्रो ध्यान केन्द्रित पारेको छ, किनकी हाम्रो लग इन सिस्टम पासवर्डलाई छोप्ने किसिमले लग इन गरिएको छ जसले गर्दा त्यसमा पहुँच हुँदैन्,’ उनले भने, ‘हामीले हालसम्म कसैले पनि आन्तरिकरुपमा त्यसको दूरुपयोग गर्नेको वा अनावश्यकरुपमा पहुँच पुर्याएको कुनै प्रमाण भेटेका छैनौं।’

फेसबुकले आफ्नो लाइट भर्सनको यूजर्सहरुलाई त्यसको बारेमा नोटिफिकेसन दिने पनि बताएको छ । ‘हामी फेसबुक लाइटका करोड बढी प्रयोगकर्ता, लाख बढी अन्य फेसबुक प्रयोगकर्ता र हजार बढी इन्स्टाग्रामका प्रयोगकर्ता यसबाट प्रभावित भएको जानकारी दिने तयारीमा छौं,’ फेसबुकले भनेको छ ।

प्रकाशित: ८ चैत्र २०७५, शुक्रबार

Comments are closed.

Loading...